Lagu Ausadh Durbyashanकाठमाडौ। नेपालमा पछिल्लो समय लागु औषध दुव्र्यसनमा लाग्नेहरुको संख्यामा दिनानुदिन बृद्धि हुंदै गएको पाइएको छ। एक तथ्याङ्क अनुसार २०६३÷६४ मा दुव्र्यसनको कुलतमा लाग्ने मानिसहरुको सङ्ख्या ४६ हजार ३ सय ९ रहेको थियो भने, वि.सं. २०६९ मा गरिएको सर्वेक्षणको प्रतिवेदन अनुसार यो सङ्ख्यामा वृद्धि भई ९१ हजार ५ सय ३४ पुगेको छ। तथ्याङ्क अनुसार प्रत्येक पाँच वर्षमा ४५ हजार २ सय २५ जना लागु औषध दुव्र्यसनमा फसेको पाईएको छ ।

Role Modeling of Narconon Nepal- Mr. Sun Kumar Awal ( Vetran Make up Artist & Security Officer Of Narconon Nepa)
Role Modeling of Narconon Nepal- Mr. Sun Kumar Awal ( Vetran Make up Artist & Security Officer Of Narconon Nepa)

सरकारले नेपालमा यति नै संख्यामा लागु औषध दुव्र्यसनीको यकिन डाटा निकाल्न नसकेपनि करिब अढाई लाखको संख्यामा रहेको अनुमान गरिएको छ। जसमा महिलाहरुको संख्या ३६ हजारको हाराहारीमा भएको अनुमान लागु औषध दुव्र्यसनको विश्वस्तरीय उपचार तथा पुनःस्थापनालागि दक्षिण एसियाको एकमात्र नार्कोनन् उपचार केन्द्र सावित नार्कोनन् नेपालका नार्कोनन् प्रिन्सिपल रन्जन पौडेलको रहेको छ।

पौडेल आफैपनि लागु औषधको १४ बर्षको उमेरमा साथीभाइहरुको लहलहैमा लागेर दुव्र्यसनी बनेको र अमेरिकामा एमबीएको अध्ययन पूरा गर्दासमेत यसले आफूलाई नछाडेको त्यो भयाबह स्थिति भोगेर आएको यथार्थ सुनाउंछन्। कौतुहलतावाटै शुरु भएको लागु औषधको दुव्र्यसन प्रारम्भ चुरोट तथा वियरवाट हुने गरेको छ। त्यसपछि गाँजा, अफिम, चरेस जस्ता पद्धार्थवाट हुने गरेको छ। जसको प्रभाव विदेशमा अध्ययन गर्न जाँदा समेत पौडेलजस्तोलाई छाडेन।

Mr. Basanta Raj Kunwar (Founder Chaiman of Narconon Nepal)
Mr. Basanta Raj Kunwar (Founder Chaiman of Narconon Nepal)

काठमाडौको महाराजगन्जमा हुर्केको खानदानी परिवारका यी तन्नेरी नेपालवाट स्कटल्याण्ड हुंदै अध्ययनको क्रममा अमेरिका समेत पुगे। दुव्र्यसनवाट मुक्त हुन नसकेपछि नेपाल प्रहरीका पूर्व बरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले स्थापना गरेको नार्कोनन् नेपालमा तीन बर्षअघि मात्र उपचार्थ पुगेका हुन्। हाल यतिखेर पुनःस्थापन भएर सोही नार्कोनन् नेपालको प्रिन्सीपल पदमा जागिरे समेत बनेर आफूजस्तै दुव्र्यसनीहरुको उपचार तथा पुनःस्थापना कार्यमा दिनरात खटिरहेको २७ बर्षिय पौडेलको भनाई रहेको छ।

पौडेलजस्तै नार्कोनन् नेपालमा हाल उपचार्थ बसेका ३० बर्षिय सूर्य वहादुर लावती बेलायतको लण्डनमा ११ बर्ष बसेर त्यहाँवाट लागुऔषध दुव्र्यसनवाट मुक्त बन्न नसकेपछि नेपाल आएका हुन्। नेपालवाट बेलायत जानुअघि नै १८ बर्षको उमेरमा लागुऔषध दुव्र्यसनमा फसेको लावतीको स्वीकारोक्ती रहेको छ। ब्रिटीश आर्मी पिताका छोरा भएको कारण नेपालमा पैसाको खासै कुनै समस्या थिएन।

राम्रै स्कुल तथा कलेजवाट प्लस टु सम्मको अध्ययन गरेर उच्चशिक्षाको लागि बेलायत पुगेका लावतीले त्यहाँ पुगेर पनि गाँजा खान विर्सेनन्। त्यो लत पछि समेत छुटेन। अनि नेपाल आएर उपचार गर्न आएको बताउने उनी हाल पुनःस्थापनाको क्रममा रहेका छन्।

२४ बर्षका असिम क्षेत्री अष्ट्रेलियावाट इन्जिनियर गरेर फर्केका तन्नेरी हुन्। धनगढीका यी युवा कक्षा ८ पढ्दादेखि नै डेनडाइड सुंघ्ने दुव्र्यसनवाट शुरुभएको दुव्र्यसनको लत नेलपोलिस रिमुभर समेत सुंघ्नेजस्ता दुव्र्यसनवाट मुक्त बन्न सकेन। अष्ट्रेलियावाट इन्जिनियरिङ्ग सकिदासमेत ड्रग सेवन गर्ने बानीमा सुधार नआएपछि उपचार्थ र पुनःस्थापनाको लागि नार्कोनन् नेपाल भर्ना भएको बताउने उनी मेधावी छात्र पनि हुन्।

रन्जन, सूर्य तथा असिजस्ता युवाहरु साथीभाईको लहैलहैमा लागेर, कमजोर इच्छा शक्ति, पारिवारिक वातावरण लगायतका कारणले लागु औषध दुव्र्यसनमा फस्ने गरेको उनीहरुको भनाई तथा कुरावाट मात्र नभइकन अध्ययनवाट पनि प्रमाणित भैसकेको छ। जुन परिवार, समाज र देशकैलागि भयावह समस्या हो। त्यसमाथि विशेष गरेर यो दुव्र्यसन विद्यालयमा अध्ययन गरिरहेका किशोर तथा युवाहरुमा अझ विकरालमा रुपमा साथीभाइको लहलहैमा फैलिरहेको पाइएको छ।

Mr. Basanta Raj Kunwar ( Faunder Chairman of Narconon Nepal)
Mr. Basanta Raj Kunwar ( Faunder Chairman of Narconon Nepal)

विद्यालय पढ्ने ती विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसन संवन्धी जनचेतना समयमा नै दिन सकेमा उनीहरु कुलतमा फस्ने डर कम हुने नार्कोनन् नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व बरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुंवरको भनाई रहेको छ। अध्यक्ष कुंवरको लागु औषधको दुव्र्यसन एक जटिल समस्या भएको र यसको समाधानको लागि डर, त्रास तथा कानूनी कारवाही उचित नभएको ठहर रहेको छ।

narconon Nepal

विश्वस्तरीय नार्कोनन् उपचार पद्धतिवाट यसको व्यवस्थापन र पुनःस्थापन गर्नु र गराउनु आवश्यक भएको अध्यक्ष कुंवरको जिकिर रहेको छ। ड्रग्स नलिइकन सामान्य जीवन विताउने तौर–तरीका, सदाका लागि दुव्र्यसनवाट मुक्त बन्ने क्षमताको विकास, परिवार तथा समाजमा स्वीकार्य बनाउने, उमेर अनुसारको उत्पादकत्व बनाउने र नैतिकवान भएर सामाजिक र पारिवारिक जिम्मेवारी बहनगर्दै जीवनयापन गर्न सक्ने बनाउने विधि नै नार्कोनन् पद्धति भएको अध्यक्ष कुंवर भन्छन्।

narconon Nepal.1

कुंवरका अनुसार यसैले नै यस संस्थाको नाम नै नार्कोनन् नेपाल राखिएको हो। जुन काठमाडौको बूढानिलकण्ठ र नुवाकोटको ककनी दुई स्थानमा अत्यन्त सुविधा संपन्न भवन सहितको उपचार तथा पुनःस्थापना केन्द्रहरु रहेका छन्। जहाँ हाल ६० जनाले सेवा लिइरहेका छन्। स्थापनाको एक दशक भन्दा बढीको अवधिमा हजारौको उपचार तथा पुनःस्थापन कार्यमा नार्कोनन् नेपाल सफल भैसकेकोले यो विश्वस्तरीय उपचार तथा पुनःस्थापन केन्द्रको रुपमा विकास भैसकेको छ।

Basanta Raj Kunwar 1अझ यो दक्षिण एसियाको एक मात्र नार्कोनन् उपचार केन्द्र नै भैसकेको दावी अध्यक्ष कुंवरको रहेको छ। विशेषत लागु औषधका दुव्र्यसनका लक्षणहरुमा व्यक्ति दुब्लाउदै जानु, निन्द्राको समस्या आउनु, पढाइ–व्यवसायमा गयल, फेल र कमजोर हुनु, व्यक्तिको मौलिक आचरण, व्यवहार तथा आनीवानीमा स्पष्ट रुपमा परिवर्तन आउनु र आफ्ना लागि मात्र सोच्न शुरु गर्नु नै हो। यस्ता लक्षण देखेमा निशुल्क परामर्श तथा उपचारको लागि नार्कोनन् नेपालको हटलाइन नंबरहरु ९८५१०३७५२९ र ९८५१०४८४३२ मा संपर्क गर्न सकिने अध्यक्ष कुंवरले भनेका छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७४ साल असार १६ गते शुक्रबार ।