Facebook sex 1काठमाडौ। नेपालमा विदेशी गिरोहसँग मिली दर्जनौं नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने नेपाली युवती पक्राउ परेकी छन् । नयां पत्रिका दैनिकका अनुसार, सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।

शेर्पालगायत व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ । शेर्पा एक सहकारीमा काम गर्दैआएको पनि खुलासा भएको छ। सहकारीको नाम भने प्रहरीले खुलाएको छैन्।
प्रकाशन मिति–२०७४ साल भाद्र १६ गते शुक्रबार ।