काठमाडौ। नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ।

Nepal Oil Corporation.2

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अनियमितता गरेको र विभागीय मन्त्रीलाई अटेर गरेकाले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको हो।

झापा, चितवन, रुपन्देही लगायत ठाउँमा निगमका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको संसदीय समिति र आपूर्ति मन्त्रालयअन्तर्गतको छानविन समितिले ठहर गरेपछि आपूर्ति मन्त्री शिवकुमार मण्डलले कार्यकारी निर्देशक खड्कालाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेका थिए।
प्रकाशन मिति–२०७४ साल असोज २ गते सोमवार ।