काठमाडौ। भ्यालेन्टाइन डेको अवसर पारेर काठमाडौको त्रिपुरेश्वरस्थित मुड्स लाउन्जमा तयार गरिएको एउटा फेसनमय परिवेशका वीच पाँच जना नव प्रवेशी फेसन डिजाइनरहरुले फेसन डिजाइनिङ क्षेत्रमा आफ्नो व्यवसायिक उपस्थितिको पहिलो पाइला सारेका छन्।

Fashion secrets 3

उत्कृष्ट खड्का, वंशी खड्का, रिया महर्जन, सावना बेगम र अनिता लोहनीले सो फेसन कार्यक्रम आफ्नो फेसन सिक्रेटस्लाई सार्वजनिक गरेका हुन् । नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजना तथा आशिष पाण्डेको व्यवस्थापनमा संचालन भएको सो कार्यक्रममा उल्लेखित डिजाइनरहरुले आ– आफ्नो एकल कलेक्सनका साथै सामूहिक कलेक्सन गरी ८ वटा सिक्वेन्स मार्फत् आफ्ना सृजनाहरु सार्वजनिक गरेका थिए।

Fashion secrets 2

कालो, खैरो, रातो, येलो अकर, अक्वा ब्लु, पिन्क, ग्रीन आदिका विभिन्न शेड्समा खेलिएका पहिरनहरु मुख्य गरी फिटेड, लुज फिटेड, ए लाइन तथा आवर ग्लास सिलहुट्सको प्रधानता रहेका पहिरनहरुले स्थान पाएको उक्त फेसन कार्यक्रममा अर्गानिक कटन, सिफन, लाइक्रा ब्लेन्ड सिफन, नेट, भेल्भेट, रअ सिल्क, प्रिन्टेड जर्जेट लगायतका फ्याब्रिकहरुले प्राथमिकता पाएको थियो ।

Fashion secrets 1

नव प्रवेशी डिजाइनरहरुको सीप, क्षमता अभिवृद्धिका साथै फेसन डिजाइनिङ क्षेत्रको व्यवसायिक पाटोलाई विस्तारित गर्न सो कार्यक्रमको आयोजना गरिएको कुरा आयोजक संस्था नीफका प्रबन्ध निर्देशक एवं टेक्सटाइल इन्जिनियर अमित झाले बताएका छन् । उनका अनुसार सोही अनुरुप फेसन सिक्रेट्स कार्यक्रममा पाँच जना नयाँ फेसन डिजाइनरहरुले यो आयोजनामा आफ्नो डिजाइनिङ कला देखाएका हुन् ।

Fashion secrets 5राति अबेर सम्म आफ्टर पार्टी झुमेको सो कार्यक्रममा अभिनेत्री वर्षा सिवोकोटी, अभिनेता सिड खरेल, इन्टरनेसनल नेपाली मोडल दिपक घिमिरे र अनिता लिम्बु तथा मोडल एवं संचारकर्मी शुभ आचार्य शो स्टपरका रुपमा ¥याम्प प्रस्तुत भएका थिए । कार्यक्रमलाई कलाकार महादेव त्रिपाठी, गायकहरु निर्णय श्रेष्ठ, रवि रिमाल प्रशान्त मिस्ट लगायतका गायकहरुले मनोरञ्जन पूर्ण बनाएका थिए।

Fashion secrets 4

भ्यालेन्टाइन डेको अवसर भएकाले सो फेसन कार्यक्रमको पहिलो अध्यायमा सहभागि पुरुष तथा महिला मोडलहरु जोडीका रुपमा प्रस्तुत भएका थिए । जसमा उनीको पर्फमेन्स र हावभावमा रोमान्स र आत्मीयताको झलक पाइएको थियो । पहिरनहरु पनि युगल जोडीलाई सबै अवसरका लागि सुहाउँदो खालका थिए । कार्यक्रमको मेड इन नेपाल शीर्षकको सिक्वेन्समा भने नेपाली मौलिक फ्याब्रिकमा तयार पारिएका परिहनहरुले प्रधानता प्राप्त गरेको थियो भने अन्तिम सिक्वेन्सलाई रोयल शीर्षक दिइएको थियो । जसमा पहिरनहरु मूलतः राजकीय शैली, सम्पन्नता र चरित्रको चित्रण अनुरुपका थिए।

Fashion secrets 8Fashion secrets 7Fashion secrets 6प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार ।