Laxmi Puja 1काठमाडौ। नेपाली टेलिचलचित्र तथा भिडियो चलचित्रका पुराना कलाकार तथा निर्देशक रवि राजोपाध्याय लामो समयको अन्तराल पश्चात टेलिचलचित्र निर्देशनमा फर्केका छन्। निर्देशक राजोपाध्यायको निर्देशनमा बन्न लागेको टेलिचलचित्र लक्ष्मीपूजाको शनिवार शुभमुहुर्त भएको छ।

Laxmi Puja 2क्रियसन अडियो भिडियो सर्भिस तथा भिज्युअल उपकरण सर्भिसको संयुक्त निर्माणमा लामो भागको टेलिचलचित्र लक्ष्मीपूजाको निर्माण हुन लागेको हो। मेघा टेलिभिजनवाट निकट भविष्यमा प्रसारण हुने भनिएको टेलिचलचित्र लक्ष्मीपूजाको शुभमुहर्त समारोहको प्रमुख आतिथ्यता मेघा टेलिभिजनका प्रमुख बद्री पोखरेलवाट भएको थियो।

Laxmi Puja 3निर्देशक राजोपाध्यायवाट क्यामेरा पूजा गरेपछि शुभमुहर्त समारोहमा अग्रज अभिनेता तथा निर्देशक पवन जोशीले नरिवल फुटाएर साइतको विगुल बजाएका थिए। अग्रज रंगपत्रकार विजयरत्न तुलाधरले क्लाप दिएको समारोहमा दुई कलाकार डीएन धिताल र कुसुमले अभिनय गरेका थिए। मुहुर्त सटको निर्देशन संगीतकर्मी अनिल तुलाधरवाट भएको थियो। केही दिन पश्चात टेलिचलचित्र लक्ष्मीपूजाको छायांकन धमाधम हुने निर्देशक राजोपाध्यायले भनेका छन्।

Laxmi Puja 4प्रकाशन मिति–२०७४ साल असार २५ गते आइतवार ।