काठमाडौ। आउने मंसीरमा हुन गैरहेको नेपालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको विषयमा यतिखेर चर्चा तथा परिचर्चा हुन थालेको छ। विशेषत नेपालको राजधानी काठमाडौको निर्वाचनको माहोलको विषयमा विशेष चर्चा हुनु स्वभाविक हो। त्यसमाथि, काठमाडौमा नेपाली कांग्रेस र नेकपा एमाले वीचको टक्कर निक्कै प्रतिस्पर्धा तथा रोमान्टिक हुने भएवाट पनि काठमाडौको महत्व र गरिमाले थप चर्चा पाउने गरेको हो।

Mr. Shailesh Shakya Langbareju ( Nepali Congress)
Mr. Shailesh Shakya Langbareju ( Nepali Congress)

नेपाली कांग्रेसले काठमाडौमा पुरानै अनुहारलाई टिकट दिने चर्चा चलेपछि कांग्रेसी वीच नै होडबाजीको माहोल बन्न थालेको छ। त्यस होडबाजीको माहोलमा पहिला देखि प्रतिनिधि सभा या प्रदेश सभाको निर्वाचनको उम्मेदवारमा दावी गर्दैआएका काठमाडौ लगनटोलका शैलेश शाक्य लगंबरेजुको नाम अग्रपंक्तिमा देखिएको छ।

Shailesh Shakya 1विगत ३४ बर्षदेखि नेवि संघको विद्यार्थी राजनीतिदेखि नेपाली कांग्रेसको जिल्ला सदस्यसम्मको राजनीतिमा अत्यन्त सक्रिय व्यक्तित्व शैलेश आफूले पाएसम्म र पार्टीले दिएसम्म प्रतिनिधि सभा या नभएमा प्रदेश सभासदमा चुनाव लड्ने सोच गरेको बताएका छन्। पार्टीको वडा समिति देखि केन्द्रिय समितिसम्म पनि पूर्णकालिन कार्य गर्दैआएको कारण पनि आफूले टिकट पाउने निश्चित जस्तो भएको जिकिर गर्छन्।

काठमाडौ जिल्लाको क्षेत्र नंबर ९ वाट चुनाव लड्ने सोच बनाइसकेका नेपालभाषा तथा नेपालीका कवि तथा गीतकार समेत रहेका शाक्य उठ्ने भनिएको काठमाडौ क्षेत्र नंबर ९ मा शाक्यकै ज्वाई डा.अजयक्रान्ति शाक्यलाई नेकपा एमालेले करिब करिब प्रतिनिधि सभासद या प्रदेश सभासदमा टिकट दिने निश्चित जस्तो भएको छ।

Dr. Ajaya Kranti Shakya (CPN UML)
Dr. Ajaya Kranti Shakya (CPN UML)

यसले गर्दा काठमाडौ क्षेत्र नंबर ९ मा ज्वाई तथा जेठानको पो प्रतिस्पर्धा हुने भयो भनेर शैलेशले भनेका छन्। नेपाली कांग्रेसवाट क्षेत्र नंबर ९ मा प्रतिनिधी सभा या प्रदेश सभासदमा दावी गर्ने शैलेश शाक्य लगंबरेजुको जस्तै नेकपा एमालेवाट टिकट पाउन लागेका डा.अजयक्रान्ति शाक्यको नेकपा एमालेको राजनीतिमा ठूलो त्याग, तपस्या तथा बलिदानी रहेको छ।

Ajaya Kranti.1विगत ३० बर्षदेखि नेकपा एमालेको मूलप्रवाहको राजनीतिमा सक्रिय भएर लाग्दैआएका डा.शाक्य लुम्बिनी विकास कोषका सिनेटर तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुंदा प्रधानमन्त्रीको कार्यालयमा विज्ञान–प्रविधि तथा संस्कृति सल्लाहकारको रुपमा कार्य गरिसकेका छन्। नेपालभाषा आन्दोलन देखि गीत–संगीतको क्षेत्रमा नामी संगीतकारको नाम बनाइसकेका डा.शाक्य सामाजिक सेवामा अब्बल व्यक्तित्व पनि हुन्।
प्रकाशन मिति–२०७४ साल असोज ३ गते मंगलवार ।