काठमाडौ। टिनएजर किशोरीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित यो बर्षको टिन प्रिन्सेस् डिभा २०१७ संपन्न भएको छ। दोश्रो सस्करणको टिन प्रिन्सेस् डिभा २०१७ को ताज प्रनिता प्रधानले हात पारेकी छन्।

Teen-princess-diva2017-winnerकाठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा एलिजा ओलीलेफस्ट रनरअपको उपाधी जितेका छन् । त्यसै गरी रोशिका शाक्यले सेकेन्ड रनरअपको अर्वाड हासिल गर्न सफल भएकी छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित यस प्रतियोगिताको कोरियोग्राफी राज फैजुले गरेका थिए। उपाधीसंगै विजेतालाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले विभिन्न उपहारहरु तथा नगद प्रदान गरेका थिए।  कार्यक्रमको ड्रेसडिजाइनिङ्ग एनि तन्डुकारले गरेका थिए।

प्रतियोगितामा प्रितिस्मा प्रधानाङ्गले व्यूटीपूmल कम्पेक्सनमा, आसना अधिकारीले व्युटीफुल स्माइलमा, दिवान्सी रोकाले वेष्ट ड्रेसमा, सदिक्षा बस्नेतले इनरजेटिकमा, रिजिशा महर्जनले भ्युवर च्वाइसमा, मेधावी चौलागाईले फ्रेन्डसिपमा, एलिजा ओलीले डान्सिङ्गमा, अलिशा अवालेले व्यूटीपूmल हेयरमा, जैस्मीन कास्ठकारले पर्सनालिटीमा, रोशिका शाक्यले बेस्ट वाकमा, प्रजिता प्रधानले फोटोजेनीकमा,मिमान रानाले क्युटमा,प्रेसिता शिवाकोटीले डिसिप्लेनमा, दिवान्सी रोकाले वेष्ट ट्यालेन्टमा, प्रनिता प्रधानले मोस्ट कन्फिडेन्टमा, अरोही लामिक्षानेले पङ्गच्यूयालिटीमा, अवार्ड जितेका छन् ।
प्रकाशन मिति–२०७४ साल भाद्र २४ गते शनिवार ।