Mr.Rajesh Gurung-Producer of American Babu Made in Nepal
Mr.Rajesh Gurung-Producer of American Babu Made in Nepal

काठमाडौ। नेपाल बाहिर प्रवास अमेरिकावाट निर्माण भएको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल अव लगभग प्रदर्शन हुने क्रममा रहेको छ। ड्रिम्स गेट फिल्मस् प्रा.लि.को निर्माण रहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा प्रवासमा नेपालीको पीडा तथा दुःखको यथार्थता रहेको यस चलचित्रका निर्माता राजेश गुरुङ्गले भनेका छन्।

Babu Bogati also in American Babu Made in Nepal
Babu Bogati also in American Babu Made in Nepal

संपूर्ण छायाँकन अमेरिकाको न्यूयोर्कको ज्याक्सन हाइट तथा टाइमस्क्वायर लगायतका स्थानमा गरिएको जानकारी पनि निर्माता गुरुङ्गले दिएका छन्। नन्दिता केसी, प्रवेश उप्रेती, बाबु बोगटी लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रमा निर्माता गुरुङ्गले पनि विशेष भूमिकामा अभिनय गरेका छन्।

Mr.Rajesh Gurung
Mr.Rajesh Gurung

सानैदेखि कलाकारितामा मोह भएतापनि चलचित्रमा अभिनय गर्ने मौका तथा अवसर नपाएको खुलासा गर्दै निर्माता गुरुङ्ग ठट्टैमा चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा अभिनय गरेको बताएका छन्।

Mr. Ishwar Thapa-Director of American Babu Made in Nepal.
Mr. Ishwar Thapa-Director of American Babu Made in Nepal.

निर्देशक ईश्वर थापाको उत्साह तथा प्रेरणावाट कलाकार बनेको बताउने निर्माता गुरुङ्ग ढिला नै भएपनि कलाकारिता सिकिरहेको तथा कलाकारिता भब–सागर नै भएको तर्क राख्छन्। 

Nandita KC & Ishan Pokhrel in American Babu Made in Nepal
Nandita KC & Ishan Pokhrel in American Babu Made in Nepal

पुख्र्यौली थाकथलो पोखरा भएतापनि काठमाडौको नयाँबजार, सोह्रखुट्टेमा जन्मी–हुर्की अमेरिका हुँइकिएका निर्माता गुरुङ्गले अमेरिकामा पनि आफ्नो बेग्लै इमेज तथा प्रतिष्ठा कायम गरिसकेका छन्। नेपालमा तीन महिनाको अन्तरालमा अमेरिकावाट आतेजाते गर्ने गरेका गुरुङ्गले चलचित्र अमेरिकन बाबु मेड इन नेपालको रिलिज अमेरिका र नेपालवाट एकसाथ गर्ने तयारी गर्दैछन्।

Team of Nepali Film American Babu Made in Nepal. Direction by Ishwar R Thapa.
Team of Nepali Film American Babu Made in Nepal. Direction by Ishwar R Thapa.

यस चलचित्रको रिलिजको लगतै ड्रिम्स गेट फिल्मस् प्रा.लि.कै व्यानरवाट नयाँ चलचित्र निर्माण गर्ने भनेका छन्। हाललाई नाम फाइनल भैनसकेपनि स्टोरी तथा स्क्रिप्टको कार्य लगभग सकिएको जानकारी पनि गुरुङ्गले दिएका छन्। जसको निर्देशन पनि ईश्वर थापाले नै गर्ने भएको छ।

Nepali Film American Babu Made in Nepal
Prabesh Upreti in  American Babu Made in Nepal

प्रकाशन मिति–२०७४ साल साउन ३ गते मंगलवार ।