Facebook sex 1काठमाडौ। सामाजिक सञ्जाल फेसबुकलाई माध्यम बनाएर फेसबुकवाट साथी बनाउने र नेपालमा रहेका साथीलाई विदेशवाट करोडौ डलर विदेशवाट पठाइदिएको छु भन्दै उल्टै त्यसरी पठाएको कर तिर्नुपर्छ भनेर पैसा माग्नेहरु सञ्जाल नेपालमा पनि देखिएको छ।

नेपालमा बसेर विदेशको फोन नंवरवाट कल गरेर नेपालीलाई नै ठग्ने सञ्जाललाई प्रहरीले लामो अनुसन्धान पश्चात पक्राउ गर्न सफलता प्राप्त गरेको छ। त्यसरी ठगी गर्ने तीन पक्राउमा परेको हो। महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेँसी नगरपालिका घर भई ललितपुर लगनखेल बस्ने पुरन घर्तीमगर भन्ने सुमन लामा, मकवानपुर हेटौँडा घर भई काठमाडौँ लाजिम्पाट बस्ने रवी थोकर र ललितपुर धोवीघाटका दिनेश बस्नेतलाई पक्राउ गरिएको जनाएको छ।

दाङको लमही नगरपालिका बस्ने सुजाता केसी पौडेललाई करिब एक वर्ष अगाडिदेखि फेसबुकमा इयुएन्स स्मिथ नामबाट आफूलाई ‘बेलायती नागरिक हुँ’ भन्दै एक व्यक्तिले कुराकानी गर्दै आएका थिए। भारतीय मोबाइल नम्बरबाट पीडित पौडेललाई ‘तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर पठाएको छु, भारतीय नियमअनुसार कर तिर्नुपर्ने भयो’ भन्दै रकम माग गरेका थिए। त्यस पश्चात पटक/पटक गरी पौडेलले विश्वासमा परी आइएमई र बैंक खातामार्फत पक्राउ परेका व्यक्तिको खातामा रु. ५५ लाख ८५ हजार रकम पठाइएको थियो।

रकम पठाएपश्चात् आफू ठगीमा परेको थाहा पाएपछि पौडेलले प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरीपश्चात् प्रहरीले ठगीमा संलग्न उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौमा पठाएको छ।
प्रकाशन मिति–२०७४ साल साउन ६ गते शुक्रबार ।