Slim Model in Franceकाठमाडौ। अत्यन्त सुन्दरी तथा सेक्सी बन्नका लागि ज्यादै पातली बन्ने मोडलहरुमा होड चलेको छ। यो होडका कारण फ्रान्समा अत्यन्त पातली मोडलमाथि प्रतिबन्ध लगाउने नयाँ कानून पारित भएको छ।

खानामा अरुची हुनेलगायतका समस्याका कारण उत्पन्न हुने ‘एनोरेक्सिया’ नामक रोगसँग लड्न यस्तो कानून पारित गरिएको बताइएको छ। नयाँ कानुनअनुसार अब फेसन मोडलले आफ्नो स्वास्थ्यसँग जोडिएका विषयको सबै जानकारी रहेको चिकित्सकबाट प्रमाणित सर्टिफिकेट तयार पार्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसमा उचाई र तौलकाबारेमा स्पस्ट जानकारी उल्लेख गर्नुपर्दछ। यसले अत्यन्त पातली मोडल फेसन इभेन्टमा भाग लिनबाट रोक्नेछ। नयाँ कानून उल्लंघन गर्ने कम्पनीलाई ७५ हजार युरो जरिवाना र ६ महिनासम्म जेल सजायको व्यवस्था गरिएको छ। यसअघि, इटाली, स्पेन र इजरायलमा पनि यस्तो कानून लागू भइसकेको छ।

फ्रान्समा एनोरेक्सियाबाट प्रभावित करिब ४० हजारमध्ये ९० प्रतिशत महिला छन्। (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल जेष्ठ १ गते सोमवार ।