dashain-tika-finalकाठमाडौ। नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादशैंको साइत सार्वजनिक गरेको छ । वि.सं. २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ। त्यसदिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभसाइत रहेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए।

असोज ११ गते बुधबार दसैंघर वा कोठामा फूलपाती भित्र्याइन्छ। फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ। फूलपातीका दिन तुलजा भवानीयात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ। त्यसैदिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ।

असोज १२ गते बिहीबार महाअष्टमी, त्यसैदिन राति कालरात्रि पूजा हुनेछ। असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजयादशमी परेको छ। विजयादशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ। सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र २२ गते विहीवार