काठमाडौ। नेपालको पाशुपात क्षेत्र भएर बग्ने पवित्र बागमती सफाईको अभियानले दुई दशक पार गरिसकेको छ। यस अवधिमा बागमती सफाईको लागि अर्बौ बजेट खर्च भैसकेको छ। तर, बागमती भने खासै सफा हुन सकेको देखिदैन्।

बागमतीको समस्या जस्ताको तस्तै रहेको छ। कलकल बग्ने सुन्दर बागमती त्यतिकै दुर्गन्ध तथा फोहोर जस्ताको तस्तै रहेको छ। केही हदसम्म बागमतीमा फोहोर फाल्नेको कमी भएतापनि फोहोर हुनै भने छाडे्को छैन्। प्रगति शुन्य बराबरमै रहेको सरोकारवालाहरुको भनाई रहेको छ।

नेपाल सरकारले वि.सं.२०५२ सालमा बागमती सफाइ अभियान थालेको थियो। पहिलो चरणमा गोकर्णदेखि पशुपतिसम्मको क्षेत्रलाई सफा बनाउने कार्यक्रम थियो। यो क्षेत्रमा सफामात्र होइन, नुहाउन मिल्ने जल बगाउने सरकारी योजना थियो।

योजनाअनुसार बजेट खर्च भए पनि सरकारी लक्ष्य भने योजनाको किताबमा मात्र सीमित भयो। पछिल्लो अभियानपछि सरकारी कोषबाट बागमती सफा बनाउने नाममा पाँच अर्ब रुपैयाँ खर्च भइसकेको छ । निजी क्षेत्र र गैर सरकारी संस्थाले गरेको खर्च यसमा जोडिएको छैन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक २१ गते मंगलवार ।