Anuska Shettiकाठमाडौ। बलिउडको बहुचर्चित फिल्म ‘बाहुवली २’मा देवसेनाको भूमिका गरेर चर्चाका आएकी अभिनेत्रीको नाम अनुष्का सेट्टी हुन्। अनुष्का साउथ इण्डियन फिल्मकी चर्चित कलाकार हो।

साउथ इण्डियन फिल्मवाट मूलधारको बलिउड फिल्म इण्डष्ट्रीमा जोडदार रुपमा देखिएकी अनुष्काको सम्पत्ति अत्याधिक रहेको खुलासा भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अनुष्काको सम्पत्ति २२ मिलियन डलर रहेको छ।

१ सय ४० करोड भारतीय रुपैयाँकी मालिक्नी अनुष्का आलिसान बंगालामा बस्ने गर्छिन् । हैदराबादको पाश इलाकाको जुबली हिल्समा अनुष्काको आलिसान घर छ । अनुष्का, एक चलचित्रका लागि ४ देखि ५ करोड पारिश्रमिक लिन्छिन्।

लग्जरी कारको सौखिन यी नायिको साथमा महंगा कार छन् । अनुष्काले निकै चर्चित ब्रान्डसँग काम पनि गरेकी छिन्। यसैविच, ‘बाहुवली २’कोे जोडी प्रभास र अनुष्का अर्को चलचित्र ‘साहो’मा नदेखिने भएको छ । अनुष्काको तौल बढी भएपछि उनले यो चलचित्रबाट हात धुनु परेको हो।

Anuska Shettiप्रकाशन मिति–२०७४ साल असार ३० गते शुक्रबार ।