Mr.Yog Kumar Fagami-Chairman of NRNA UK
Mr.Yog Kumar Fagami-Chairman of NRNA UK

काठमाडौ। गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)को अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् । शनिबार लण्डनमा सम्पन्न निर्वाचनमा फगामी १ हजार २ सय ९८ मत प्राप्त गरी विजयी बनेका थिए। उनका प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९ सय १२ र हिराधन राईले ५ सय ६० मत प्राप्त गरेका थिए। उपाध्यक्षमा डा.प्रेमबहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशीला राई निर्वाचित भएका छन्।

महासचिवमा राजकुमार त्रिपाठी तथा उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल गाउँले र सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ तथा सहकोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भए।

सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बू, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए । आईसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुँवर निर्वाचित भएका छन्।
प्रकाशन मिति–२०७४ साल भाद्र २५ गते आइतवार ।