UK sansadलण्डन । बेलायतको संसदमा साइबर आक्रमण भएको छ । बेलायतका नेता तथा कर्मचारीको एकाउन्टलाई निशाना बनाएर आइतवार साइबर आक्रमण भएको हो। अधिकारीहरुले संसदको एकाउन्ट ह्याक गर्ने प्रयास भएको बताएका छन्।

यसपछि अधिकारीहरुले तत्काल सांसद तथा सबै संसदीय कर्मचारीको ईमेलको रिमोट एक्सेस बन्द गरिदिएका थिए । यसपछि लण्डन बाहिर रहेका सांसदहरुले ईमेल पढ्न नसक्ने भएका छन्।

एक जना संसदीय प्रवक्ताले संसदीय नेटवर्क युजर्सको खातासम्म अनधिकृतरुपमा पुग्ने प्रयास भएको बताएका छन्। उनले संसद्को खाता र सिस्टमको सुरक्षालाई बलियो बनाउने प्रयास भइरहेको बताए। सरकारी अधिकारीहरुले साइबर हमला नियन्त्रणमा आइसके पनि सतर्कता भने जारी राखेको बताएका छन्। (एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असार ११ गते आइतवार ।