लण्डन। बेलायतमा छायांकन भएको नेपाली फिल्म हयाप्पी डेजको ग्राण्ड रेड कार्पेट प्रिमियर–शो बेलायतमा नै संपन्न भएको छ। आइतवार बेलायतको अल्डरसटमा ह्याप्पी डेजको प्रिमियर भएको हो।

प्रिमियर–शोमा नेपाली चलचित्र क्षेत्रका नाम चलेका हस्ती लगायत वेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधीहरुको बाँक्लोृउपस्थिति रहेको थियो।

वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, र गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले संयुक्त रुपमा उद्धघाटन गरेको शोमा नेपालवाट आएका नायिका प्रियंका कार्की, दिया पुन, प्रदीप खड्का, धीरेन शाक्य लगायत रेड कार्पेटमा आकर्षणको विषय बने।

ह्याप्पी डेजका निर्देशक मिलन चाम्स हुन्। ह्याप्पी डेजकी नायिका प्रियंका कार्की रेड कार्पेट प्रिमियर अवधिभर आकर्षणको विषय बन्नुको अलावा उनको अभिनयको पनि व्यापक तारिफ गरेको पाइयो।

Now you showing Video Report. Report by:-Kushal Shrestha/UK.

प्रकाशन मिति–२०७४ साल कात्तिक २८ गते मंगलवार ।