UK Flag

स्लोभानिया। स्लोभानियाका विदेशमन्त्री कार्ल इर्जाभेकले युरोपेली सङ्घबाट बेलायत बाहिरिँदा बेलायत र सङ्घ दुवैलाई राम्रो नहुने बताएका छन्।

युरोपेली सङ्घबाट बाहिरिनका लागि बेलायतले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउन पत्र दिएपछि उनले दुःख व्यक्त गरेका हुन्। उनले बेलायत र सङ्घको आगामी दिनको सम्बन्धका बारेमा स्लोभानियाका लागि बेलायती राजदुत सोफी होनीसँग आफूले विचार आदानप्रदान गर्न लागेको समेत भनेका छन्।

विदेशमन्त्री इर्जाभेकले बेलायत र स्लोभानियाको सहकार्यमा यस्ले कुनै असर नपाउने विश्वास व्यक्त गरेको स्लोभानियाको सरकारी समाचार संस्था स्लोभानियन प्रेस एजेन्सी (एसटिए)ले जनाएको छ । (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल चैत्र १७ गते विहीवार ।