काठमाडौ। भक्तपुर बोडेको विश्वप्रसिद्ध ऐतिहासिक जिब्रो छेडाउने जात्राको ऐतिहासिक डकुमेन्ट्री फिल्मको मेप्वायाःको डीभीडी लोकार्पण भएको छ। बोडेमा विगत एघार बर्षदेखि निरन्तर संचालित थोपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभामा उक्त डकुमेन्ट्री फिल्मको लोकार्पण भएको हो।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरत प्रसाद सुवेदीले संयुक्त रुपमा लोकार्पण गरेका हुन्। ऋषिमाया पोख्रेल प्रतिक्षाको लेखन,अनुसन्धान तथा उदघोषण अनि पत्रकार डीपी शाह चक्रवर्तीको निर्देशनमा निर्माण भएको यस वृत्तचित्रले काठमाडौ फिल्म फेष्टा २०१३ मा पब्लिक च्वाईस अवार्ड पाउन सफल भएको थियो भने लेखक ऋषिमाया पोख्रेलले यसै विषयमा शोधपत्र लेखेर पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर उत्तिर्ण गरिसकेकी छन् ।

समाज बिकास मञ्च बोडे र एस.डी.ईन्टरटेन्मेन्टको सहकार्यमा निर्मित मेप्वायाःका सँयोजक लक्ष्मीनाथ था हाल थोपा सहकारीको सचिव रहेका छन्।प्रकाशन मिति–२०७४ साल कात्तिक २६ गते आइतवार ।