काठमाडौ। कति नेपाली जन्म दिनको दिन निस्फिक्री भट्टीमा रक्सी खाएर विताउने गर्दछ त कति जन्मदिनको नाममा महंगा पार्टी प्यालेसका भोजहरुमा निस्फिक्री खर्च गर्ने गर्दछन्। जन्मदिनको नाममा लाखौ–लाख खर्च गर्ने ती नेपालीहरु असहाय–अनाथ तथा अपाङहरुको लागि एक पैसा सहयोग गर्न दाँतवाट पसिना झार्ने गर्दछन्।

यस्ता धेरै मानिसहरुको भीडमा केही त्यस्ता मानिस छन्। जो आफ्नो जन्मदिनका दिन बालआश्रम तथा बृद्धाआश्रमहरुमा पुगेर आफ्नो जन्मदिन मनाउंछन्। त्यहाँका बालबालिका तथा बृद्धाहरुसंग खुशी साट्छन्। त्यसरी आफ्नो खुशी साटे्र जन्मदिन मनाउने खुशनसिब सामाजिक अभियन्ता तथा नेपालका सफल उद्यमी विष्णु पुरुष पनि एक हुन्।

विष्णु पुरुषले मंगलवार आफ्नो जन्मदिन काठमाडौको उत्तरगयाको पावनभूमि गोकर्ण भैरबचौरस्थित स्वस्थ समाज नेपाल आश्रममा आवद्ध बौद्धिक अपाङ्ता भएका बाल–बालिकाहरुसंग खुशी साटे्र आफ्नो जन्मदिन मनाएका छन्। उनीहरुसंगै बसेर बर्थ–डे केक काटेर जन्मदिन मनाएका छन्। बौद्धिक अपाङ्ता भएका बालबालिकाले जानी–नजानी मज्जाले ह्याप्पी बर्थ–डे भनेर ताली बजाउंदा संसारको सवैभन्दा खुशी आफूले पाएको जस्तो महशुश भएको भिजन संसारलाई विष्णु पुरुषले प्रतिक्रिया दिएका छन्।

बौद्धिक अपाङ्ता भएका सन्तानका अभिभावक समेत रहेका स्वस्थ समाज नेपालका संस्थापक अध्यक्ष सीता श्रेष्ठले आफूभित्रको पीडाको ज्वालाले बौद्धिक अपाङ्ता भएका बालबालिकाको आश्रम संस्थापन गर्दाको कठिन समयमा ती बालबालिकाको मुहारमा उज्यालो ल्याउने कार्यमा विष्णु पुरुष जस्ता असल व्यक्तित्वको जन्म–उत्सवले टेवा मिलेको भनेकी छन्।

सवैले यसरी नै यस्ता आश्रममा पुगेर जन्मदिन मनाउने कार्य गरेमा पुण्य मनाउन कुनै धाम जान नपर्ने अतिथिको रुपमा त्यहाँ पुगेका अर्का सामाजिक अभियन्ता डेविड श्रेष्ठले भनेका छन्। कार्यक्रममा सञ्चार मिडिया ग्रुप प्रालिका अध्यक्ष तथा नामी साप्ताहिकका प्रधान सम्पादक नारायण राईले यसप्रकारको जन्म उत्सवले रक्सीमा खर्च हुने लाखौ लाख पैसाको सही सदूपयोग भएको र दुःखी अनि असहायहरुको कल्याण हुने गरेको बताएका छन्।

जन्म दिनको अवसरमा बौद्धिक अपाङ्ता भएका बालबालिकाहरुको लागि आवश्यक महिनादिनको खाद्यान्न सहयोग हस्तान्तरण गर्ने कार्य पनि उद्यमी विष्णु पुरुषवाट भएको छ। विष्णु पुरुषले आफ्नो ३७ औ जन्मदिनवाट सामाजिक कार्यको अभियान प्रारम्भ भएको र एअर एम्बुलेन्सको व्यवस्था गर्ने भिजन तथा मिसनको संकल्प पनि गरेका छन्।

प्रकाशन मिति–२०७४ साल मंसीर २६ गते मंगलवार ।