काठमाडौ। साउन महिनाको सोमवार हिन्दू महिलाहरु ब्रत बस्ने तथा महादेवको पूजा आराधना गर्ने गर्छन् । ब्रत बस्नुको पछाडि अनेक कारण होला र पूण्य प्राप्त हुने तथा मिल्ने जस्ता कारण हिन्दू महिलाहरु बढी ब्रत बस्ने गर्दछन्।

अर्कोतर्फ स्वास्थ्यको दृष्टिकोणवाट पनि हप्ताको एकदिन ब्रत बस्नुको अनेकौ फाइदा छन् । यसबाट धार्मिक लाभ मात्र होइन स्वास्थ्यमा समेत फाइदा पुग्छ । यद्यपी पूजा–आजा, ब्रत–उपवासको क्रममा कतिलाई कमजोरी, थकान महशुस हुनसक्छ ।

कतिपयलाई चक्कर लाग्न सक्छ । यसबाट बच्न केही उपाय गर्न सकिन्छ । जुन यसप्रकार रहेको छ–

Brat Basda Chakkar

१– सबैभन्दा राम्रो काइदा हो भरपुर पानी पिउनुपर्छ । दिनभरमा केही खाइएको छैन भने पनि पानी पर्याप्त पिउनुपर्छ, जसले शरीरलाई हाइड्रेट राख्छ । साथै अक्सिजनको मात्रा पनि कायम राख्छ । यसले शरीरमा उर्जाको कमी महशुस हुँदैन ।
२– प्राणयाम पनि राम्रो विधी हो । प्राणायाम गर्न गाह्रो पनि छैन । केवल लामो गहिरो सास लिने र फ्याक्ने प्रक्रिया जारी राखे हुन्छ । अनुलोम विलोम गर्नुहोस् । यसले अक्सिजनको स्तर बढ्छ । त्यसैले चक्कर आउने संभावना हुँदैन ।

३– भिटामिन सियुक्त खानेकुरा सेवन गर्नुहोस् । यसले थकान कम हुनका साथै प्रतिरोधात्मक क्षमता बढाउँछ। हरियो धनियाको जुस सेवन गर्नुहोस् ।

४– चक्कर लाग्ने समस्या भए एक चम्चा सुख्खा धनिया चपाउनुहोस् र पानी पिउनुहोस् । यद्यपी यो विधी विहान खाली पेटमा गर्नुपर्छ ।

५– जब तपाईलाई चक्कर लागेको महसुष हुन्छ, दहीको सेवन गर्नुहोस् । यसले गर्मीमा सितलता त दिन्छ नै, शरीरलाई उर्जा पनि ।

६– रातभर पानीमा भिजाएर राखिएको बदाम बिहान खाली पेटमा सेवन गर्नुपर्छ । यसले चक्कर लाग्नबाट बचाउँछ । साथै मस्तिष्कका लागि पनि फाइदाजनक हुन्छ ।

७– व्रत बस्दा विहान बेलुकी प्रणायाम गर्नु तथा मौन रहनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । त्यस्तै, शरीर तथा मस्तिष्कलाई पनि भरपूर मात्रामा आराम दिनु उचित हुन्छ ।
प्रकाशन मिति–२०७४ साल साउन २३ गते सोमवार ।