Madhyapur Jatra 4काठमाडौ। भक्तपुरको मध्यपुरस्थित ठिमीमा विस्केट जात्राको रौनकता छाएको छ। ठिमीमा विहीवार रातिवाट शुरु भएको विस्केट जात्रा शुक्रवार साँझ पनि जारी रहेको छ।

Madhyapur Jatra 3मध्यपुरको प्रसिद्ध बालकुमारी मन्दिर सहित २१ देवी–देवताको खटजात्रा गरिने गौरबमय विस्केट जात्रालाई नयाँ बर्षको उमंगको रुपमा लिइने गरेको छ। २१ देवी–देवताको खटजात्रा ठिमीका विभिन्न स्थानमा परिक्रमा गरेर शुक्रबार नयाँ बर्षको पहिलो दिन साँझको जात्रा संपन्न गरेको छ।

Madhyapur Jatra 1तीन दिनसम्म चल्ने ठिमीको विस्केट जात्रा नयाँ बर्षको भोलिपल्ट विहान अवेरमा ११ बजेसम्म संपन्न हुने गर्दछ। ऐतिहासिक परम्परा बोकेको ठिमीको महत्वपूर्ण विस्केट जात्राले गर्दा ठिमी जात्रामय बनेको छ। शुक्रबार साँझको जात्रा अत्यन्त रौनक तथा सौम्य देखिएको छ। ठिमी र ठिमी वरपर तथा टाढा–टाढावाट समेत जात्रा हेर्न आउनेहरुको घुइंचो देखिएको थियो।

Madhyapur Jatra 5 Madhyapur Jatra 2प्रकाशन मिति–२०७४ साल बैशाख १ गते शुक्रबार ।