Sarita Prajapati's Express 1

काठमाडौ। नेपाली सांगीतिक क्षेत्रमा गायनको माध्यमवाट बेग्लै पहिचान कायम गर्दैआएकी डान्सिङ्ग गायिका सरिता प्रजापतिले यो बर्ष अलि बेग्लैखाले तीज गीत ल्याएकी छन्।

बूढाबूढी एक्सप्रेस नामक उक्त गीतको भिडियो केही दिनअघि मात्र युट्युब मार्फत सार्वजनिक गरिएको छ। गायिका प्रजापतिको गायन रहेको गीतको भिडियोमा गायिका आफै ड्राइभर तथा खलासी भएर प्रस्तुत भएकी छन्।

गायिका प्रजापतिलाई गायनमा रेशम सापकोटाले साथ दिएका छन्। गायक सापकोटा पनि गीतको भिडियोमा ड्राइभर तथा खलासी बनेरै अभिनय गरेका छन्।

बूढाबूढी नै कहिले ड्राइभर त कहिले खलासी बनेर बेजोड अभिनय गरिएको यो तीजे गीतमार्फत दुवै गायक–गायिकाले ड्राइभर तथा खलासीको जिन्दगीको नयाँ कथासहितको सामाजिक सन्देश प्रवाह गर्ने कोशिश भएको छ।

भर्सटाइल गायिका प्रजापतिले साउनको ब्रतलाई मध्यनजर राखेर हरहर महादेव बोलको क्रान्तिकारी भजन गीत पनि युट्युब मार्फत नै सार्वजनिक गरेकी छन्।


प्रकाशन मिति–२०७४ साल साउन १ गते आइतवार ।