Prashanta Tamangकाठमाडौ। सन २००७ मा इन्डियन आइडल बनेका नेपालीभाषी चर्चित गायक एवं नायक प्रशान्त तामाङलाई भारतीय प्रहरी सेवाबाट बर्खास्त गरिएको छ। दार्जिलिङ निवासी नेपालीभाषी गायक तामाङलाई लामो समयसम्म गयल भएको भन्दै बर्खास्त गरिएको हो । प्रशान्त कोलकाता प्रहरीमा कार्यरत थिए।

इन्डियन आइडल बन्नुअगावै भारतीय प्रहरी सेवामा रहेका तामाङलाई कोलकाता प्रहरीले लामो समयदेखि जागिरमा गयल हुनुको कारणबारे समेत सोधेको थियो। तामाङलाई १३ जुनमा कारण देखाऊ सूचना जारी गरेको पनि एक बंगला दैनिकले छापेको छ । सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले २ साताअगाडिको बिहीबारको अंकमा तामाङलाईे सेवाबाट बर्खास्त गरिएको समाचार छापेको छ।

पछिल्लो समय दार्जिलिङमा नेपालीभाषी र सरकारबीच चलिरहेको द्वन्द्वबारे प्रशान्तले सरकारको विपक्षमा बोलेको भन्दै उनलाई प्रहरी पदबाट बर्खास्त गरिएका खबर पनि छापिएका छन् उनले ‘गोर्खाल्याण्ड आन्दोलन’ मा केही समय अगाडि समर्थन जनाएका थिए । प्रशान्त तामाङ्गले भने यसबारेमा आफ्नो कुरा खोलेका छैनन्।
प्रकाशन मिति–२०७४ साल साउन २ गते सोमवार ।