Kasmir Indiaकाठमाडौ। भारत प्रशासित कश्मिरमा तिर्थयात्री बोकेको बसमा आतंकवादी हमला हुँदा ७ जनाको मृत्यु भएको छ। मारिनेमा ५ महिला र दुई पुरुष छन्। कश्मिरको अनन्तनाग जिल्लामा अमर यात्राका लागि गइरहेको बसमाथि आक्रमण हुँदा १९ जना घाइते भएका हुन्।

५६ जना यात्री रहेको बसमा अधिकांश गुजरातका यात्रु रहेको बताइएको छ। घटनाको जिम्मेवारी कसैले लिएको छैन। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना आततायी भएको भन्दै निन्दा गरेका छन्।

धार्मिक यात्रु माथि यस प्रकारको हमला हुनु निकै दयनीय भएको भन्दै प्रधानमन्त्री मोदीले भत्सना गरेका हुन्। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असार २७ गते मंगलवार ।