Nirwachan Ayogकाठमाडौ। निर्वाचन आयोगले आज आइतबार देखि देशका ७५ वटै जिल्लामा मतदाता नामावली संकलन गर्ने कार्य शुरु गरेको छ। प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गरेको निर्वाचन आयोगले जनाएको छ।

आयोगले साउन १ गते देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गर्ने भएको छ। यसअघि, सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि आयोगले यसपटक नागरिकता जारी भएको जिल्लामै मतदाता फाराम भर्नुपर्ने जनाएको छ।

यसअघि प्रकाशित नामावलीमा नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि यहि अवधिमा सच्चाउन सकिने व्यवस्था गरिएको छ।
प्रकाशन मिति–२०७४ साल साउन १ गते आइतवार ।