Thimi sindur jatra 4काठमाडौ। भक्तपुरको मध्यपुर स्थित ठिमीमा भव्य रुपमा सिन्दुर जात्रा भव्य तथा सभ्य रुपमा संपन्न भएको छ। विस्केट जात्राको अवसरमा प्रत्येक बर्ष नयाँ बर्षको अघिल्लो दिनवाट शुरु भएको ठिमीको सिन्दुर जात्रा तेश्रो दिनको विहान ११ बजेभित्र संपन्न भएको छ।

Thimi sindur jatra 1बालकुमारी मन्दिर परिसरमा दक्षिण बाराही, विष्णुवीर र सिद्धिकाली गणका २३ वटा खटलाई बालकुमारी, चलाखु, दिगुटोललगायतका टोलमा परिक्रमा गराइएको थियो। स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा सिन्दुर छर्केका थिए। त्यस्तै, नगदेशमा सिद्धि गणेशको जात्रा मनाइएको छ।

Thimi sindur jatra 2नगदेशस्थित सिद्धि गणेशलाई खटमा राखेर नगदेश सहर परिक्रमा गराइएको थियो। उक्त जात्रामा पनि जात्रालुले सिन्दूर छर्केका थिए। मध्यपुर थिमी क्षेत्रमा मनाइने बिस्केट जात्राको प्रमुख विशेषता भनेकै जात्रामा सहभागी भक्तजनले एकापसमा सिन्दुर छर्कनु रहेको छ। यसले गर्दापनि यहाँको जात्रालाई सिन्दुर जात्रा पनि भन्ने गरेको छ।

Thimi sindur jatra 3प्रकाशन मिति–२०७४ साल बैशाख २ गते शनिवार ।