काठमाडौ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ जति हसमुख देखिएका छन्। त्यति नै मेयर श्रेष्ठको कार्य सुन्दरताले मध्यपुर थिमीबासीहरु अत्यन्त खुशी बनेका छन्।

मध्यपुर थिमी नगरबासीका प्रिय मेयर बन्न सफल मदन सुन्दर श्रेष्ठले आइतवार मध्यपुर थिमी नगरपालिका वडा नंबर ८ मा पर्ने बोडे क्षेत्रका ७० बर्ष नाँघेका बृद्ध–बृद्धाहरुलाई घर–घर नै पुगेर बृद्धभत्ता वितरण गर्ने कार्य गरेका छन्। साथमा मध्यपुर थिमी नगरपालिकाका चिकित्सकवाट स्वास्थ्य परीक्षणको अलावा हर्लिक्स र फस्ट किट वितरण गर्ने कार्य भएको छ।

मध्यपुर थिमी नगरपालिकाकी उपमेयर अञ्जना मधिकर्मी सहितको टोली लिएर मेयर श्रेष्ठले त्यसरी घर–घर पुगेर बृद्धभत्ता वितरण तथा स्वास्थ्य परिक्षण गर्न र गराउन पाउंदा अत्यन्त आनन्द अनुभुति भएको भनेका छन्। यो कार्यक्रमलाई सवै वडामा निरन्तरता दिने मेयर श्रेष्ठले भनेका छन्।

प्रकाशन मिति–२०७४ साल कात्तिक २६ गते आइतवार ।