Sanitary Pad Day 4काठमाडौ। बयस्क महिलाहरुमा हुने प्राकृतिक समस्या महिनावारी नै हो। हरेक महिना महिलालाई हुने यो चार दिने समस्याले पुरुषको तुलनामा सधैं दुुःख नै हुने गर्दछ। जुन कुराले गर्दा पुरुष जतिको महिला चाहेर पनि अगाडि बढन कठिनाई पर्ने गरेको छ। महिनावारी हुंदाको पीडा र समस्याका बारेमा शिक्षा दिने कार्य भएको छ।

Sanitary Pad Day 1त्यो पनि पुरुषहरुलाई महिनावारी हुंदा लगाइने प्याड पुरुषहरुलाई पनि लगाइदिएर यसप्रकारको गजबको शिक्षा दिने कार्य भएको छ। महिनावारी सम्बन्धि शिक्षाद्वारा परिवर्तन हुन्छ साराू यही नाराका साथ गुठी नामक संस्था र अन्य विभिन्न संस्थाहरुको संयोजनमा आइतवार यस कार्य गरेर महिनावारी दिवस मनाइएको छ।

फोटोपत्रकार रेखा शाक्यका अनुसार, पाटनको लगनखेल बसपार्क निरको आंगनमा महिलाहरुलार्इ मात्र हुने महिनावारीको बिषयमा पुरुषहरुलार्इ पनि यो विषयमा शिक्षा दिइएको हो। यस कार्यक्रममा स्वास्थ्य मन्त्रालय, खानेपानी संस्थान, वाटरएड, ज्यास्मिन स्यानिटरी प्याड कम्पनीका साथै अन्य संस्थाहरुको पनि सहभागिता रहेको थियो।

Sanitary Pad Day 2

विशेषगरी महिलालार्इ मात्र हुने यस महिनावारीको बारेमा गाउँघरमा मात्रे नभइ शहरतिरका हरुको पनि विचार फराकिलो हुन नसकेकोले त्यसबेला महिलाहरुमा मानसिकरुपमा अपहेलित हुनु पर्ने कुराको साथमा समाजमा ब्याप्त धार्मिक रुढिबाढी र छुवाछुतको कारणले पछाडी धकेलिनु पर्ने मानसिकतवरको बारेमा पुरुषहरुको विचारलार्इ जनमानसमा ल्याउन कार्यक्रम स्थल नजीक रहेको सार्वजनिक शौचालयमा गर्इ प्याड लगाउन दिइएको थियो।

प्याड लगाउने पुरुषवर्गमा ख्यातिप्राप्त हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, रवि डंगोल बेमानका साथै अन्य कार्यक्रमका पाहुनाहरुको संलग्नता रहेको थियो। प्याड लगाइसकेपछिको अनुभव प्याड लगाउने मदनकृष्ण श्रेष्ठ, रवि डंगोल बेमान लगायतका पुरुषहरुले अनुभव सुनाएका थिए। 

Sanitary Pad Day 3

प्रकाशन मिति–२०७४ साल जेष्ठ १५ गते सोमवार ।