Rape

काठमाडौ। १२ दिनअघि पूर्वीनेपालको महोत्तरीमा एक व्युटीसियनलाई व्युटीपार्लर बन्द गरेर साइकलवाट घर फर्कदै गर्दा बाटोमा ढुकेर बलात्कार गर्ने चार युवाहरुलाई विहीवार प्रहरीले गिरफ्तार गर्न सफलता प्राप्त गरेको छ। महोत्तरी प्रहरीका अनुसार १२ दिन लामो अनुसन्धान पश्चात ती चार बलात्कारीहरुलाई प्रहरीले पक्रन सफल भएको हो। ती बलात्कारीहरुलाई महोत्तरीको बर्दिबासमा प्रहरीले सार्वजनिक गरेको छ।

Beutician Balatkari

ती बलात्कारीहरुमा औरही गाउँपालिका–२ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षीय रमेश पंजियार, २२ वर्षीय सुनिल साह रहेको प्रहरीले जनाएको छ। महोत्तरीको औरही बजारमा संचालन गरेको ब्यूटी पार्लर बन्द गरेर बजारबाट साइकलमा घर फर्किदै गरेकी २० बर्षीया युवतीलाई जेठ २८ गते आइतबार साँझ आँपबारी नजिकैको जोतेको खेतमा उनीहरुले सामूहिक बलात्कार गरेका हुन्।

जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालमा आवद्ध धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहाका व्युटीसियनहरु त्यस बलात्कार विरुद्ध आन्दोलनरत रहेका छन्। उनीहरुले दोषीलाई हदैसम्मको कारवाही गरेर मृत्यु दण्डसमेत दिनुपर्ने माग गरेका छन्।

त्यसैगरेर युनियन आवद्ध काठमाडौ, भक्तपुर, ललितपुरका व्युटीसियनहरुले पनि प्रेस विज्ञप्ति जारी गरेर कडा कारवाहीको माग गरेका छन्। युनियनको काठमाडौ जिल्ला कमिटीकी अध्यक्ष गंगा ज्यो श्रेष्ठले दण्डहीनताको कारण समाजमा यस्ता अपराध बढिरहेको र बलात्कारजस्तो जघन्य अपराधमा संलग्नहरुलाई फाँसी नदिएसम्म यस्ता घटनामा कमी नहुने भएकोले यसतर्फ सरकार सजग हुन ध्यानाकृष्ट गरेकी छन्।
प्रकाशन मिति–२०७४ साल असार ९ गते शुक्रबार ।