रोल्पा । रोल्पामा चुनाव प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका नेता तथा रोल्पाका बाम गठबन्धनका साझा उम्मेदवार बर्षमान पुनमाथि आज आइतवार फेरि आक्रमणको प्रयास भएको छ। पुनसहितको टोली रोल्पाको दुईखोली गाउँपालिका बागमारातर्फ जाने क्रममा भिरबाट ढुङगा लडाइएको रोल्पा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलय रोल्पाका डीएसपी ज्ञानेन्द्र फुयाँलका अनुसार साढे १२ बजे पुनसहितको टोलीलाई लक्षित गरेर भिरबाट ढुङगा लडाइएको हो। ढुङगा लडाइएपनि कसैलाई नलागेको र कुनै अप्रिय घटना हुन नपाएको बताइएको छ। त्यसरी माथिबाट ढुङगा लडाएपछि तत्कालै सुरक्षाकर्मीले हवाई फायर गरिएको पनि प्रहरीले जनाएको छ।

घटनामा संलग्न तीन जना विप्लव नेतृत्वका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीले भनेको छ । यसअघि शनिबार पनि पुनको टोलीलाई लक्षित गर्दै एम्बुस आक्रमण भएको थियो भने शुक्रबार रुकुमका उम्मेदवार जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो।
प्रकाशन मिति–२०७४ साल कात्तिक २६ गते आइतवार ।