Mrs. Sarita Nemkul Pradhan
Mrs. Sarita Nemkul Pradhan

काठमाडौ। विवाहिता महिलाहरुको बौद्धिक सुन्दरता र उनीहरुमा भएको क्षमताको खासै त्यति कदर भएको पाइदैन। उनीहरु पनि घरको चुलोचौको तथा अफिसका काम लगायत परिवारको जिम्मेवारीलाई पनि सहज रुपमा निर्वाह गर्ने कार्य भएको पाइन्छ। तरपनि, उनीहरुको मूल्याँकन भएको देखिदैन।

त्यस क्षमतालाई अझ ऊर्जावान बनाउन तथा तिनको सम्मानको खातिर पहिलोपल्ट मिसेस नेवा कन्टेस्टको आयोजना हुन गैरहेको छ। रेणुका बज्राचार्यको आयोजनामा हुन गैरहेको विवाहिता नेवार महिलाहरुको प्रतिस्पर्धात्मक कन्टेस्ट मिसेस नेवा विवाहिता नेवार महिलाहरुको पहिचान तथा सम्मानरुपी कार्यक्रम हुने दावी आयोजक तथा प्रतिस्पर्धीहरुको रहेको छ।

यही साउन ६ गते शुक्रबार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा मिसेस नेवा हुन गैरहेको छ। जसको विभिन्न तालिमहरु पाटनको लगनखेलस्थित ललितपुर मलमा भैरहेको जानकारी मिसेस नेवाका प्रतिस्पर्धी सरिता नेम्कुल प्रधानले दिएकी छन्। १५ जना प्रतिस्पर्धी विवाहिता नेवार महिलाहरु वीच हुन गैरहेको मिसेस नेवा विवाहिता नेवार महिलाहरुको लागि गौरबमय कार्यक्रम भएको प्रतिस्पर्धी सरिता नेम्कुलको दावी रहेको छ।

पब्लिक युथ क्याम्पसमा अध्ययनरत हुंदा संझ्याँ साहित्य पाला मार्फत साहित्य तथा कला प्रस्तुत गर्ने कार्य गर्दैआएकी सरिता नेम्कुल क्षमतावान विवाहिता नेवार महिला हुन्। जसको क्षमताभित्र लिडिङ्गता रहेको छ। त्यो लिडिङ्गतालाई सामाजिक रुपमा पनि विभिन्न नेतृत्वदायी कार्यक्रम मार्फत सरिता नेम्कुलवाट भैरहेको छ। मेटलाइफ नेपालको एजेन्सी म्यानेजर समेत रहेकी सरिता नेम्कुल नेपालमा जीवन वीमाको क्षेत्रमा महिला नेतृत्व प्रदान गरेर धेरै महिलाहरुको प्रेरणादायी व्यक्तित्व बनेकी छन्।

त्यसमाथि, आफू मिसेस नेवा भएमा विवाहिता नेवार महिलाहरुको सामाजिक उत्थान तथा उनीहरुको क्षमता विकास कार्यमा उल्लेखनिया योगदान दिने जोड सरिता नेम्कुलले दिएकी छन्। यसले पनि यो मिसेस नेवा आफूले जित्नुपर्ने दबाब बढ्ेको स्वीकार गर्ने सरिता नेम्कुल आफूलाई जिताउन सवैलाई आव्हान पनि गर्छिन्। जीत तथा हार जे–जस्तो भएतापनि आफूहरुलाई यस कन्टेस्टवाट धेरै प्रेरणा दिएको र नेतृत्व विकास गर्न सघाउ पुर्याएको उनको जिकिर रहेको छ।

Mrs Newa 1प्रकाशन मिति–२०७४ साल असार २८ गते बुधवार ।