Bakkar Id 1काठमाडौ। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज आइतवार नेपालका मस्जिदमा हर्षोल्लासपूर्वक मनाउने कार्य भैरहेको छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ।

यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ। बकर इदको मुबारक भन्ने पनि गरिन्छ। यस अवसरमा काठमाडौको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत नेपालका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ ।

यो पर्व मनाउन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । हिजरी संवत् अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

Bakkar Id 2प्रकाशन मिति–२०७४ साल भाद्र १८ गते आइतवार ।