काठमाडौ। मेक्सिकोको जेलमा दुई पक्षका कैदीबीच भएको झडपमा २८ जना मारिएका छन् । दक्षिण पश्चिम मेक्सिकोको अकापुल्को शहरमा रहेको जेलमा दुई विरोधी गूटबीच भएको झडपमा उनीहरु मारिएको जेल प्रशासनले जनाएको छ।

Mexio Jail Crime

धेरैजसो कूटपिटकै कारण मारिएका थिए भने केहीको शीर छेदन गरेर हत्या गरिएको जनाइएको छ । अकापुल्को मेक्सिकोकै अत्यन्तै धेरै हिंसा हुने र लागू पदार्थ उत्पादन हुने केन्द्रका रुपमा लिइन्छ । टाउको छिनालेका शव फेला परे पनि हतियार भने प्राप्त नभएको अधिकारीहरुको भनाइ छ।

यो जेल निकै बढी कैदीले भरिएको र क्षमतभन्दा बढी कैदी राखिएको बताइएको छ । निकै पर्यटक जाने शहरका रुपमा पनि चिनिने यो स्थान लागू पदार्थ र लगातार भइरहने यस्तै हिंसाका कारण अहिले मृत शहरझै बनेको छ ।(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असार २३ गते शुक्रबार ।