Mohana's fashion 1काठमाडौ। नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा असोज ६ गते काठमाडौको जमलस्थित विश्वज्योति मलमा भव्य तथा सभ्य रुपमा ग्लोबल फेसन–शो संपन्न भएको छ।

Mohana's fashion 6आयोजक मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी कंपनीकी सिईओ मोहना क्षेत्रीको आयोजनामा भएको ग्लोबल फेसन–शोमा प्रसिद्ध मोडल तथा नायिका क्षितिजा शाक्य लगायतका चिरपरिचित मोडलहरुले विभिन्न पहिरनमा क्याटवाक गरेका थिए।

Mohana's fashion 5ख्यातिप्राप्त गायिका कुन्ती मोक्तानको गायनले फेसन–शोलाई अझ उचाई दिएको थियो। साथमा आयोजक मोहना क्षेत्रीले नै क्याटवाक गर्दा वाहवाही गर्नेहरुको भीड नै लागेको थियो। कार्यक्रम गजबले जमेको सवैको प्रतिक्रिया रहेको छ।

Mohana's fashion 4Mohana's fashion 3 Mohana's fashion 2प्रकाशन मिति–२०७४ साल असोज ७ गते शनिवार ।