Littele Prince & Princess Nepal 1काठमाडौ। बालबालिकाहरुमा भएका अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१७ को सातौंं संस्करण संपन्न भएको छ। जसमा युहाङ्ग लिम्बु र पलिस्था ताम्राकारले प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१७ उपाधी हात पारेका छन्।

Littele Prince & Princess Nepal 2काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा संकल्प घिमिरे र साइब्या घिमिरेले फस्ट रनरअपको उपाधी जितेका छन् । त्यसै गरी सुहर्ष आचार्य र दिनाश्री शाहले सेकेन्ड रनरअपको अर्वाड हासिल गर्न सफलता प्राप्त गरेका छन्।

Littele Prince & Princess Nepal 4रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित सो प्रतियोगिताको कोरियोग्राफी राज पैmजूले गरेका थिए । उपाधीसंगै छ जनालाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले विभिन्न उपहारहरु प्रदान गरेकी थिइन् । प्रतियोगिताको प्रमुख अतिथीमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री माननिय जनकराज चौधरी रहेका थिए।

Littele Prince & Princess Nepal 3प्रकाशन मिति–२०७४ साल जेष्ठ २० गते शनिवार ।