काठमाडौ। नेपालको व्यावसायिक पत्रकारिताको धरोहर मानिएको लाखौ पाठकको प्रिय पत्रिका कामनाको प्रकाशन गृह कामना न्यूज पब्लिकेसनको आयोजनामा यो बर्ष पनि कामना फिल्म अवार्ड हुने भएको छ। तेस्रो संस्करणको ‘कामना फिल्म अवार्ड–२०७४’ यो बर्ष पुष महिनामा हुने आयोजक कामनाले जनाएको छ।

अवार्डको विभिन्न २७ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ  बहुराष्ट्रिय कंपनी चौधरी ग्रुपको सीजी इन्टरट्रेनमेन्टसंगको सहकार्यमा कामनाव्दारा आयोजित यो प्रतियोगितामा विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिने भएको छ। कामना फिल्म अवार्ड्स २०७४ मा चलचित्र छक्का पन्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ।

 

जात्रा र गाजलु १४/१४ विधाको मनोयनमा परेको छ । चलचित्र लुट २ एघार विधाको मनोयनमा परेको छ । चलचित्र के म तिम्रो होइन १० विधाको मनोनयमा परेको छ । त्यसैगरी बाटोमुनिको फुल २ र डाइङ क्यान्डल (निभ्न लागेको दियो) ९/९ विधाको मनोयनमा परेका छन् । यस्तै चलचित्र शब्द ८ विधामा, चलचित्र वीरविक्रम र चलचित्र किस्मत–२ पनि ५ विधाको मनोनयनमा परेको छ।

चलचित्र निर्भय र चपली हाइट–२ चार/चार विधामा, चलचित्र पलाँस र राधा तीन/तीन विधामा, चलचित्र सफर र चलचित्र लभ सासा दुई/दुई विधामा मनोनयनमा परेका छन् । मनोनयनतर्फ उत्कृष्ट पाँच चलचित्रमा छक्का पञ्जा, जात्रा, गाजलु, डाइङ क्यान्डल र के म तिम्रो होइन र? परेका छन् ।

यस्तै उत्कृष्ट निर्देशकको मनोनयनमा बाटोमुनिको फूल २बाट सुवर्ण थापा, चपली हाइट २बाट दीपेन्द्र के खनाल, गाजलुबाट हेमराज बिसी, के म तिम्रो होइन र बाट आकाश अधिकारी र लुट–२ बाट निश्चल बस्नेत परेका छन् ।

अभिनेतातर्फ वीरविक्रमबाट दयाहाङ राई, गाजलुबाट अनमोल केसी, जात्राबाट विपिन कार्की, निर्भयबाट निखिल उप्रेती र शब्दबाट सौगात मल्ल, अभिनेत्रीतर्फ छक्का पञ्जाबाट प्रियंका कार्की, डाइङ क्यान्डलबाट सिर्जना सुब्बा, जात्राबाट वर्षा राउत, लभ सासाबाट केकी अधिकारी र निर्भयबाट नीता ढुंगाना मनोनयनमा परेका छन्।

यस्तै सहअभिनेत्रीमा बाटो मुनिको फूल २ बाट सुभद्रा अधिकारी, छक्का पञ्जाबाट वर्षा राउत, गाजलुबाट मेनुका प्रधान, होमवर्कबाट गौरी मल्ल र के म तिम्रो होइन र रु बाट सविना गोपाली, सहअभिनेतातर्फ बाटो मुनिको फूल २ बाट टीका पहाडी, छक्का पञ्जाबाट जितु नेपाल, छक्का पञ्जाबाटै शिवहरि पौडेल, गाजलुबाट गौरव पहाडी र जात्राबाट रविन्द्र बानियाँ मनोनयनमा परेका छन् । खलपात्रतर्फ चलचित्र बाजिगरबाट ध्रुव कोइराला, चलचित्र वीरविक्रमबाट अर्पण थापा, छक्का पञ्जाबाट दीपकराज गिरी, जात्राबाट कमलमणि नेपाल र पलाँसबाट कामेश्वर चौरासिया मनोनयनमा परेका छन् ।हास्य कलाकारतर्फ छक्का पञ्जाबाट केदार घिमिरे र बुद्धि तामाङ, जात्राबाट रविन्द्र झा, लुट २ बाट दयाहाङ राई, गाजलुबाट सलोन बस्नेत, बाल कलाकारतर्फ डाइङ क्यान्डलबाट लाक्पा सिंघे तामाङ, जात्राबाट अरविन्द खड्का, लुट २ बाट अंग्रकित खड्का, निर्भयबाट प्रसिद्धि भट्टराई र शब्दबाट अनुभव रेग्मी मनोनयनमा परेका छन्।

नव अभिनेतातर्फ ब्रासलेटबाट सुगम गुरागाईं, चपली हाइट २ बाट आयुषमान देशराज श्रेष्ठ, के म तिम्रो होइन र रु बाट आर्यन अधिकारी, किस्मत २ बाट पृथ्वीराज प्रसार्इं, सफरबाट सञ्जय गुप्ता, नव अभिनेत्रीतर्फ वीरविक्रमबाट दिया पुन, गाजलुबाट सृष्टि श्रेष्ठ, गाँठोबाट नम्रता श्रेष्ठ, के म तिम्रो होइन र रु बाट मरिष्का पोखरेल र चलचित्र शब्दबाट कमली वाइबा लामा मनोनयनमा परेका छन्।

नव निर्देशकको मनोनयनमा छक्का पञ्जाबाट दीपाश्री निरौला, डाइङ क्यान्डलबाट नरेशकुमार केसी, जात्राबाट प्रदीप भट्टराई, जय परशुरामबाट रोज राणा र शब्दबाट सन्तोष सिवाकोटी मनोनयनमा परेका छन् । यस्तै सबैभन्दा बढी एसएमएस भोटको आधारमा प्रदान गरिने पपुलर च्वाइस अवार्डको मनोनयनमा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टि श्रेष्ठ परेका छन्।

आयोजक पक्षले कथा, पटकथा, संवाद, गीत, संगीत, नृत्य निर्देशन, गायक, गायिका, द्वन्द्व निर्देशक, छायाकार, सम्पादक, सृंगार, ध्वनी मिश्रण, पाश्र्व संगीत तथा विधामा पनि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २४ गते शुक्रबार ।