काठमाडौ। काभ्रे जिल्लाको शान तथा गौरब रहेको यो बर्षको मिस काभ्रे–२०१७ संपन्न भएको छ। शनिवार आयोजित रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको मिस काभ्रे–२०१७ को ग्राण्ड फाइनलमा यो बर्षको मिस काभ्रे–२०१७ को टाइटल अवार्ड स्नेहा प्रधानाङ्गले जितेकी छन्।

Miss Kavre 2017 1स्नेहाले शीर्ष उपाधिबाहेक बेस्ट ड्रेस र मोस्ट कन्फिडेन्टको अवार्ड पनि जितेकी हुन् । प्रतियोगितामा फस्र्ट रनरअप मोनिका के.सी.ले ब्युटिफुल स्माइलको उपाधि जितेकी थिइन् भने सेकेन्ड रनरअप पुनम नापितले डिसिप्लेनको उपाधि जितेकी थिइन् ।कार्यक्रमको कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउन्डर डिरेक्टर राज फैजुले गरेका थिए। ड्रेस डिजाइनिङ श्रीषा बैदार फैजुले गरेकी थिइन्।

प्रतियोगितामा भिवर च्वाइस र बेस्ट ट्यालेन्टमा अनुषा श्रेष्ठ, ब्युटिफुल कम्प्लेक्सनमा दिया तामाङ्ग, फोटोजेनिकमा उस्मिता कायस्थ, फेन्डसिपमा अविना श्रेष्ठ, इनर्जेटिकमा सविता श्रेष्ठ, पर्सनालिटिमा संगिता गुरुङ,र बेस्ट वाकमा सिम्रिका देउजाले उपाधि जितेका थिए। विजेताहरुले विभिन्न विज्ञापनहरुमा अभिनय गर्ने अवसर पाउँनुका साथै कार्यक्रमका कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले उनीहरुलाई उपहार तथा नगद प्रदान गरेकी थिइन् ।

यस्तै प्रतियोगिताको निर्णायकहरुमा हब इन्टरनेश्नल एजुकेशनकी निर्देशक सरिता खड्का, मोडल इशा चौधरी, महिला व्यवसायी पविना खड्का, आलोह हिमालय इन्भेस्टमेंटका निर्देशक अंजली लिगल प्रधानाङ्ग रहेका थिए।
प्रकाशन मिति–२०७४ साल असोज २ गते सोमवार