Miss Nepal Nikita Chandak 1काठमाडौ। यो वर्षको मिस नेपाल–२०१७ को ताज निकिता चन्दकले जितेकी छन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फाइनलमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज जितेकी हुन्। यो बर्षकी मिस नेपाल निकिता चन्दकलाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन्।

दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं संस्करणको मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन्। मिस नेपाल फस्ट रनर अपको उपाधि‍‍‍‍‍ रोजिना श्रेष्ठले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि नीति शाहले जितेकी छन्।

मिस कन्फिडेन्ट र पुपुलर चोइसको अवार्ड समेत निकिता चन्दकले नै जितेकी छन्, मिस एथलेट मञ्जरी सिंह, मिस बेस्ट कप्लेक्सन नीति शाह,मिस ब्यूटी विथ पर्पस दृष्टि कट्टवाल र मिस नेपाल एसिया प्यासिफिक इन्टरनेशनल साहारा बस्नेत भएका छन्।

Miss Nepal Nikita Chandak 2017प्रकाशन मिति–२०७४ साल जेष्ठ १९ गते शुक्रबार ।