Miss Leo 2काठमाडौ। नेपालमा पहिलो पल्ट आयोजना भएको मिस लियो–२०१७ को उपाधि निकिता मगरले जितेकी छन्। ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस लियो २०१७ बन्न मगर सफल बनेकी हुन्। मिस लियोको विशेष उपाधिसंगै मिस डिसिप्लिन र मिस पर्सनालिटी उपाधि पनि जितेकी छन्।

फस्ट रनरअप भने शैलताज कुँवर तथा सेकेण्ड रनरअप रविना खर्वुजा बनेकी छन्। बेस्ट ड्रेसमा रोसनी क्षेत्री, ब्युटी विथ प्रपोजमा रविना खर्वुजा, फोटोजेनिकमा लक्ष्मी रेग्मी, ट्यालेन्टमा प्रकृति ढकाल, बेस्ट स्माइलमा रोनिया श्रेष्ठ, बेस्ट वाकमा रविना खर्वुजा,पब्लिक च्वाइसमा प्रकृति ढकाल, पपुलरमा निशा थापा मगर, फ्रेन्डसिपमा संगीता चापागाईं र ब्रान्ड एम्वेसडरको उपाधि रवीना थापाकाजीले हात पारिन्।

मिस लियो २०१७ विजेता निकितालाई पुरस्कार स्वरुप स्कुटर पनि आयोजकले प्रदान गरिएको छ।लियो क्लब अफ काठमाडौ डाउन टाउन र लियो क्लब अफ पोखरा पिस भ्यालीको आयोजनामा पहिलो पल्ट मिस लियो २०१७ को आयोजना भएको हो।

Miss Leo 1प्रकाशन मिति–२०७४ साल जेष्ठ ३१ गते बुधवार ।