Hailey-Baldwin-1काठमाडौ। सुन्दरताको रहस्य रगत भन्ने कुरा यतिखेर अपत्यारिलो सत्यको रुपमा प्रमाणित भएको छ। अमेरिकाको एक मोडलले आफ्नो रगत नै आफ्नो सुन्दरताको रहस्य भनेपछि यतिखेर विश्व नै हैरान बनेको छ। त्यो अमेरिकी मोडलको नाम हो– हैली बल्डवीन !

हैलीले सुन्दरताको रहस्य आफ्नै रगत मिसाएको ‘फेस क्रिम’ भएको खुलासा गरेपछि सवैजना चकित बनेको हो। अमेरिकाको लस एन्जलसमा बस्ने २० वर्षीया हैलीले छालारोग विशेषज्ञको सल्लाहमा आफ्नो पाखुराबाट रगत निकालेर विशेष मेसिनको सहायताले शुद्धिकरणगरी बजारमा पाइने क्रिममा मिसाएर लगाउने गरेको बताएकी हुन्।

‘लुक म्यागजिन’काअनुसार हैलीले सबै सौन्दर्य क्रिमहरु छालारोग विशेषज्ञको सिफारिसमा लिने गरेको र ती सबै लोसन तथा अरु क्रिमहरुमा आफ्नै रगत मिसाउने गरेको बताएकी छन्। हैलीका अनुसार हैलीको पाखुराबाट निकालिएको रगत विशेष मेसिनको सहायताले रक्तकोषिकाहरुलाई छुट्याएर क्रिम बनाइ दैनिक लगाउने गरिएको छ।

यो विधि अचम्मको भएको र यसले हैलीको सुन्दरतालाई अझै निखारीदिएको छ। ‘एनजेठहेराल्ड’ अनलाइनसँग कुरा गर्दै हैलीले आफ्नै रगतले बनाएको क्रिम लगाउँदा त्वचा नरम भएको र आफ्नो आत्मविश्वास बढेको बताएकी छन्। आफ्नो शरीरको छालाको स्वास्थ्य र सौन्दर्यप्रति पागल भएको बताउने यी सुन्दरीले पहिले आफ्नो अनुहारमा कालोधब्बा रहेको र पछि क्रिम बनाएर प्रयोग गर्न थालेपछि विस्तारै हट्दै गएको बताएकी छन् ।

हैलीले आफू बिनामेकअप झन् सुन्दर देखिन थालेकोसमेत बताएकी छन्। आफू प्राकृतिकरुपमै सुन्दर देखिन चाहेकोले यस्तो विधिको अनुशरण गर्नुपरेको हैलीको भनाइ छ।

Hailey-Baldwin-2प्रकाशन मिति–२०७४ साल जेष्ठ ५ गते शुक्रबार ।