काठमाडौ । राम्ररी सुत्न नसक्ने वा राति धेरैजसो जागा रहनेहरू मोटो हुने सम्भावना निकै बढ्ने रहेछ। त्यो किनभने, राम्ररी नसुतेका व्यक्तिहरूले भोलिपल्ट ३८५ किलो क्यालोरी बढी उपभोग गर्ने रहेछन् । अर्थात, त्यस्ता व्यक्तिहरूले भोलिपल्ट अरू बेलाभन्दा बढी बोसोयुक्त खाना र प्रोटिन खाने रहेछन् । खान्की यस्तो भएपछि मोटोपन बढ्ने भइहाल्यो।

fat-women

‘युरोपियन जर्नल अफ क्लिनिकल न्युट्रिसन’ मा प्रकाशित भएको हो । अध्ययनको निचोडअनुसार धेरै कम निद्रा लिनाले यसको शरीरमा हार्मोनमा प्रभाव पर्छ । यो व्यक्ति विशेषलाई बढी खान र पेट पूर्णरूपमा भरिएको अनुभव गर्न प्रेरित गर्छ।

निद्राको कमीले ‘सिरकेडिन’ लय वा शरीरको आन्तरिक घडीमा अवरोध गरिरहन्छ । यसले शरीरको सन्तुष्टि र भोकसम्बन्धी हार्मोन प्रभावित हुन्छ । अध्ययनको दाबीअनुसार निद्रालाई आहार र व्यायामको अतिरिक्त तौल बढ्नुलाई प्रभावकारी रूपमा नियोजित गर्न सकिने एउटा तेस्रो सम्भावित कारण हो।

अध्ययनअनुसार आंशिक रूपमा निद्रा लिने परिणामको रूपमा समग्र ऊर्जा खपतमा ३८५ किलोक्यालोरी प्रतिदिनको वृद्घि हुन्छ । लामो समयसम्म निद्राको कमी जारी रहे क्यालोरी खपतको मात्रा बढ्छ । यसले तौल पनि बढ्छ ।
प्रकाशन मिति–२०७३ साल पुस १५ गते शुक्रबार ।