Sleeping

काठमाडौ। भान्छामा सधैं मसलाको रुपमा प्रयोग गरिरहेको लसुन बहुउपयोगी सावित भएको छ। विभिन्न रोगको उपचारक समेत मानिएको लसुन खानाको स्वाद बढाउनको लागि प्रयोग भैरहेकोमा राति सुत्ने बेलामा सिरानीमुनी राख्दा अपत्यारिला फाइदा हुन्छन् । यसमा पाइने वोलेटाइल ओयलको गन्ध नाकको बाटो हुँदै शरिर भित्र प्रवेश गर्दछ। जसले गर्दा निम्न स्वास्थ्यका लागि निम्न फाइदा हुने गर्दछ।

Lasun१.लसुनको गन्धले शरिरको रक्तसंचार सुधार्छ । यसले राती मस्त निन्द्रा पार्न मद्दत गर्दछ।

२.लसुनको गन्धबाट कोलेस्ट्रेलको मात्रा नियन्त्रणमा हुनुका साथै यसले मुटु रोगको समस्याबाट छुटकारा पाउन सकिन्छ।

३. लसुनको गन्धले शरिरको ब्याक्टेरिया नष्ट हुन्छ । यसले छालाको संक्रमण, डण्डीफोर,एलर्जीको समस्या हट्छ।

४.लसुनमा पाइने वोलेटाइल ओयलको गन्त्र शरिरमा गर्मी पैदा गर्दछ । यसले रुघा खोकीको समस्यालाई टाढा राख्छ।

५.लसुनको गन्धले मिर्गीको समस्या नियन्त्रणमा रहन्छ ।

६.दैनिक बिहान लसुनको दुई पोटी खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ।

७.दैनिक बिहान खाली पेटमा लसुनको तीन पोटी खाँदा पाचन क्रिया बलियो हुन्छ ।
८.लसुनमा जीरा, सौफ र साधा नुन मिसाएर बिहान बेलुकी खाली पेट खाँदा तौल घट्छ ।

९.लसुनको ५ वा ७ पोटीलाई तेलमा पकाउनुहोस् । यसलाई चिसो गरेर टाउको मालिस गर्दा कपाल झर्न कम हुन्छ ।
प्रकाशन मिति–२०७४ साल बैशाख १८ गते सोमवार ।