London Car Attact

लण्डन। बेलायतका राजधानी लण्डनमा एक पछि अर्को घटनाको श्रृंखलाले लण्डनवासी आक्रान्त बनेका छन्। आइतवार राति लण्डनको उत्तरी क्षेत्रस्थित एक मस्जिद नजिकै एक जना चालकले जथाभावी भ्यान चलाएर पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

भ्यानको ठक्करबाट आठ जना घाइते भएका छन्। रातको समयमा लण्डनको दक्षिणी क्षेत्र सेभेन सिस्टर रोडमा मस्जिदबाट रमजामको प्रार्थना सकेर घर फर्कँदै गरेका सर्वसाधारणमाथि भ्यान चालकले जथाभावी गाडी चलाएको आशंका गरिएको छ। घटना लगत्तै भ्यान चालक पक्राउ परेका छन्।

घटनाको प्रकृति हेर्दा आतंकवादी हमला हुन सक्ने आशंका लण्डन प्रहरीको रहेको छ। घटनापछि त्यस क्षेत्रको सडक पुरै खाली गराइएको छ। यसैबीच बेलायती प्रधानमन्त्री थेरेसा मे ले घटनाप्रति खेद प्रकट गर्दै छानबिन गर्न निर्देशन दिएकी छन् । उनले आपतकालीन घोषणा गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएकी हुन्।

लण्डनमा दुई साताअघि लण्डन ब्रिजमा आतंकवादी समूहले जथाभावी गाडी चलाई आठ जनाको हत्या गरेको थियो। ( स्माचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असार ५ गते सोमवार ।