काठमाडौ। बीबीसीको रहरलाग्दो जागिर छाडेर नेपाली राजनीतिमा होमिएका पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनलाई ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाएको छ।

Ramesh Maharjan withशनिबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम सार्वजनिक गरेको हो । उपमेयरमा शोभा शाक्य उम्मेदवार बनेकी छन्। मेयर र उपमेयर उम्मेदवार महर्जन र शाक्य साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य हुन्।

‘कृषक परिवारमा जन्मिएर रत्न आभुषण व्यवसायमा लागेका ५३ वर्षीय रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुन्।’, साझा पार्टीको विज्ञप्तिमा भनिएको छ, ‘अध्यात्म र समाजसेवाप्रति झुकाव राख्ने महर्जनले २०७२ को महाभूकम्पपछि पाटनको पिलाँछेलाई पर्यटन र सांस्कृतिक केन्द्र बनाउने अठोट गरेर स्थानीयवासीको सहभागीतामा झण्डै १०० भवनलाई परम्परागत नेवाः वास्तुकलामा पुनर्निर्माण गर्ने कार्यको नेतृत्व गरिरहेका छन्।

महर्जनले आफ्नी आामाको नाममा परोपकारी संस्था माया फाउण्डेशन स्थापना गरेका छन् भने उनी लुम्विनि बौद्ध विश्वविद्यालय तथा अपांगता सेवा संघ, खोकनासँग पनि आवद्ध छन्।’
प्रकाशन मिति–२०७४ साल बैशाख १६ गते शनिवार ।