Wedding Photo Award 2काठमाडौ। काठमाडौ उपत्यकाका फोटोग्राफरको छाता संठगन काठमाडौ फोटोग्राफर संघको आयोजनामा क्यानोन केपा विडिङ्ग अवार्ड २०१७ संपन्न भएको छ। नेपालका विभिन्न जिल्लाका १ हजार २ सय फोटोग्राफरहरुले विवाह संवन्धी खिचिएका फोटोहरु यस अवार्डको लागि पठाइएको आयोजकले भनेको छ।

Wedding Photo Award 1यसमध्ये १ सय १० फोटोहरुलाई उत्कृष्ट छानेर त्यसवाट उत्कृष्ट टप–८० सहित टप–२० र टप–१० गर्दै टप–३ उत्कृष्ट फोटोका फोटोग्राफरहरुलाई पुरस्कृत गरिएको थियो। सर्वोत्कृष्ट विवाह संवन्धी फोटो खिच्ने फोटोग्राफर सुमन सापकोटालाई टप फस्ट घोषणा गरिएको थियो।

Wedding Photo Award 3टप सेकेण्डमा ओमलाल अकेला र टप थ्रीमा मनोजरत्न शाही बनेका थिए। टप–थ्रीका सर्वोत्कृष्ट तीनैजना फोटोग्राफरहरुलाई प्रायोजक क्यानोनका तर्फवाट विभिन्न मोडलका क्यानोन क्यामेरा नै पुरस्कार प्रदान गरिएको थियो। अवार्ड कार्यक्रमको शुभारम्भ तथा पुरस्कार वितरण नेपालका अत्यन्त लोकप्रिय कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यवाट भएको थियो।

स्वागत भाषण आयोजक काठमाडौ फोटोग्राफर संघका सचिव भोजराज घिमिरेले गरेका थिए। अवार्डमा सर्वोत्कृष्ट भएका फोटोग्राफहरुका विवाह संवन्धी फोटोहरु साउन ९ गतेदेखि साउन ११ गतेसम्म काठमाडौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा राखिने भएको जानकारी बरिष्ठ फोटोग्राफर तथा कलाकार पवन जोशीले दिएका छन्।

Wedding Photo Award 4प्रकाशन मिति–२०७४ साल साउन ७ गते शनिवार ।