Ambience-365ललितपुर। स्थानीय संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा टेवा दिने उद्देश्य सहित ललितपुरको पुल्चोकमा एम्बिएन्स ३६५ रेष्टुरेन्ट पुनः सन्चालनमा आएको छ। ललितपुरको दशकभन्दा पुरानो इतिहास बोकेको एम्बिएन्स रेष्टुरेन्टलाई एम्बिएन्स ३६५ रेष्टुरेन्टको नामबाट पुनः सन्चालन गरिएको छ।

Deepak Bajracharya 1 युवा पुस्तामाझ निकै लोकप्रिय गायक दीपक बज्राचार्यको भव्य सांगितिक कार्यक्रम सहित रेष्टुरेन्टको उद्घाटन गरिएको हो । स्थानीय संस्कृतिसँग सम्बन्धित विभिन्न दृश्य सामग्रीको स्क्रीनिङ गर्दै विदेशी पर्यटकको साथै स्थानीय युवा पुस्तामाझ समेत संस्कृतिको प्रचार प्रसार गर्ने रेष्टुरेन्टका व्यवस्थापक केशव महर्जनले बताएका छन्।

Ambience 365रेष्टुरेन्टको यस योजनाले संस्कृति संरक्षणमा टेवा पुग्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग हुने व्यवस्थापक महर्जनको जिकिर रहेको छ । रेष्टुरेन्टको व्यापार व्यवसायमात्र नभइ, स्थानीय विकास निर्माण समेत रहेको महर्जनले भनेका छन्। स्थानीय जनप्रतिनिधि, संघ–संस्थासँग पनि समन्वय गर्दै रेष्टुरेन्टले स्थानीय विकास निर्माणका योजनामा समेत सहयोग गर्ने महर्जनले जानकारी दिएका छन् ।
प्रकाशन मिति–२०७४ साल साउन २ गते सोमवार ।