Miss Nepal Peace 1काठमाडौ। नर्सिङ्ग पेशामा आवद्ध नर्सहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले आयोजना हुंदैआएको मिस नर्स व्युटी कन्टेष्ट यो बर्षवाट मिस नेपाल पिसको नामवाट आयोजना भएको छ।

शुक्रबार काठमाडौको आर्मी अफिसर्स क्लबमा भएको प्रतिस्पर्धात्मक कार्यक्रममा यो बर्षको मिस नेपाल पिस २०७३ को टाइटल अवार्ड ललितपुर नसिङ कलेजकी १९ बर्षीया छात्रा सक्षम थापामगरले जितेकी छन् । सहभागी २७ प्रतियोगीलाई पछि पर्दै सक्षमले उक्त टाइटल अवार्ड जितेकी हुन्।

Miss Nepal Peace 3

बिजेता सक्षमले टाइटल अवार्डका साथमा नगद रु ५० हजार तथा नेपाल ब्रेष्ट क्यान्सर फाउन्डेसन सेवाको गुडबिल एम्बसेडर लगायत बिभिन्न अवसर उपहार स्वरुप प्राप्त गरेकी छन्। सशक्त महिला सवल राष्ट्र नाराका साथ नेपाल ब्रष्टक्यान्सर फाउन्डेसनको सहकार्यमा नेक्स्ट मोडल्स् नेपालले कन्टेष्टको आयोजना गरेको हो। कन्टेष्टमा सपना छन्त्याल फष्ट रनरअप र एरी श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए।

फष्ट रनरअप र सेकेन्ड रनरअपले उपाधिका साथमा क्रमश ३० हजार र २० हजार नगद सहित विभिन्न उपहार जितेका छन्।

Miss Nepal Peace 2प्रकाशन मिति–२०७३ साल फागुन २० गते शुक्रबार ।