Kirtna Dhami 1काठमाडौ। नेवार संस्कृतिको महान पर्व म्हःपूजा अर्थात शरीर पूजा केवाल नेवार सम्प्रदायले मात्र गर्ने गर्दछ भन्ने कुरा सही होइन्। गैह्र–नेवारले पनि यस म्हःपूजालाई गरिदै आएको खुलासा भएको छ।

Kirtna Dhami 3

अक्षेता गुरु नामले निक्कै नै चर्चा पाएका कीर्तन धामीले म्हःपूजा गत ११ बर्षदेखि निरन्तर गर्दैआएका छन्। यो बर्ष पनि शुक्रवार विधिपूर्वक म्हःपूजा गर्ने कार्य कीर्तन धामीले गरेका छन्। परिवार तथा नातागोतालाई विधिपूर्वक म्हःपूजा गरेको धामीले भिजन संसारसंगको कुराकानीमा भनेका छन्।

Kirtna Dhami 4

नेवारहरुसंगको संगत तथा संवन्धका कारण म्हःपूजा नगरेको नभइकन विजेश्वरी माताको भक्त भएको कारण ११ बर्षअघि विजेश्वरी माताले सपनामा आएर म्हःपूजा गर्न आदेश दिएको र सपनामा नै म्हःपूजा गर्न सिकाएको आधारमा नै म्हःपूजा गरेको अक्षेता गुरु धामीले जानकारी दिएका छन्।

Kirtna Dhami 5

पवित्र मन्दिररुपी शरीरको पूजा सवैले गर्दा हुन्छ र यो शरीर पूजा अर्थात म्हःपूजा अत्यन्त राम्रो परम्परा तथा सार्थक कार्य हो भनेर अक्षेता गुरु कीर्तन धामीको भनाई रहेको छ।

Kirtna Dhami 2प्रकाशन मिति–२०७४ साल कात्तिक ४ गते शनिवार ।