Spangle School 2काठमाडौ। काठमाडौ महानगरपालिका वडा नंबर २९ डिल्लीबजार कालिकास्थान स्थित स्कुलको गेटनिर थुप्रिएको फोहोर आठौ दिनमा बल्ल उठाइएको छ। दि स्प्याङ्गल स्कुलको गेटनिर थुपारिएको फोहोर तथा त्यो फोहोरले स्कुलका विद्यार्थीहरु तथा स्थानीय बासिन्दालाई परेको समस्याको बारेमा भिजन संसारले सोमवार समाचार प्रकाशित गरेपछि त्यसको असर परेको छ।

Spangle School 1मंगलवार विहान ९ बजेभित्र उठाउने कार्य भएको छ। भिजन संसारलाई वडा नंबर २९ का प्रशासकीय प्रमुख कमल गौतमले जसरी भएपनि ९ बजेभित्र फोहोर उठाउने प्रयास गर्छु भन्ने दिएको बचन पूरा भएको छ। स्कुलको गेटनिरै फोहोर थुपार्ने स्थानीय बासिन्दाको त्यो कार्य निश्चित रुपमा राम्रो भने अवश्य होइन। अर्कोतर्फ महानगरपालिकाले पनि त्यो स्कुलको गेटवाहेक अन्यत्र फोहोर विसर्जन गर्ने स्थान तोक्न नसक्नु कमजोरी हो।

स्कुलको गेटजस्तो स्थानमा फाहोर फाल्नु असभ्य नागरिकको प्रतिक हो। सभ्य नागरिक बन्न यसरी सफा तथा सुन्दर बनाउनु पर्दछ।
स्कुलको गेटजस्तो स्थानमा फाहोर फाल्नु असभ्य नागरिकको प्रतिक हो। सभ्य नागरिक बन्न यसरी सफा तथा सुन्दर बनाउनु पर्दछ।

स्कुलको गेटनिरै फोहोर फाल्ने स्थानीयको त्यो कार्य पनि रोकिनु आवश्यक छ। स्थानीयलाई फोहोर फाल्ने उचित स्थानको पहिचान गरिदिनु पनि महानगरपालिकाको जिम्मेवारी देखिएको छ। सरस्वतीको पवित्र मन्दिर विद्यालय जस्तो स्थानमा सफा र सुन्दर बनाइनु अत्यन्त आवश्यक छ। यसतर्फ निर्वाचित जनप्रतिनिधिको ध्यान जानु अत्यन्त आवश्यक छ।
प्रकाशन मिति–२०७४ साल भाद्र २७ गते मंगलवार ।