काठमाडौ। दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सवै व्यस्त बनिरहेको बेला विहीवार नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य भने रगतको जोहो गर्नमा नै व्यस्त बनेका थिए।

निर्वाचनको दिन सवारी साधन चलाउन रोक लगाएको अवस्थामा भक्तपुर क्यान्सर अस्पताल, महाराजगन्जको टिचिङ अस्पताल तथा कान्ति बाल अस्पतालका विरामीहरुका लागि आवश्यक रगत एम्बुलेन्सको प्रयोग गरेरै भएपनि रक्तदाताहरु जम्मा गरेर उपलव्ध गराउने कार्यमा रेकर्डेट रक्तदाताको व्यस्तता बन्यो।

दिनभरको दौडधुप र रगतको जोहो गर्नमा व्यस्त बन्नुपरेको कारण ढिलो गरेर मात्र मतदान गरेको रेकर्डेट रक्तदाता कर्माचार्यले भिजन संसारलाई भनेका छन्। स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष समेत रहेका कर्माचार्यले हालसम्म १ सय ५२ औं पटकको रक्तदान गरिसकेका छन्।

Recorded Blood Donar of Nepal Mr. Prem Sagar Karmacharya Blood Donated in Kantipur Int. College.

निःस्वार्थ रुपमा विनारोकटोक आपतमा परेका विरामीहरुलाई रगत उपलव्ध गराउने महान कार्य कर्माचार्यवाट हुंदैआएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर २२ गते शुक्रबार ।